होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओली भोलि धनगढी आउँदै, सुुरक्षाका सबै अंग ‘हाई अलर्ट’
समाचार

प्रधानमन्त्री ओली भोलि धनगढी आउँदै, सुुरक्षाका सबै अंग ‘हाई अलर्ट’

  • नागरिक रैबार
प्रधानमन्त्री ओली भोलि धनगढी आउँदै, सुुरक्षाका सबै अंग ‘हाई अलर्ट’

धनगढीः नेकपाको ओली समूहले पुस २४ गते धनगढीमा जनसभाको आयोजना गर्ने भएपछि धनगढीको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रतिनिधि सभा भंग गराएपछि उत्पन्न राजनीतिक संकटपछि उनको आफ्नै समूहले आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी धनगढी आउन लागेका हुन्।

यसैबीच धनगढीको सुरक्षा व्यवस्थामा कडाइ पारिएको छ। हुन सक्ने सम्भावित जोखिम तथा त्रुटिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीको सुरक्षा व्यवस्थामा कडाइ पारेको हो।

विज्ञापन

प्रधानमन्त्री आउने कार्यक्रमलाई लक्षित गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको संयोजकत्वमा विहिबार जिल्ला सुरक्षा समितिको बैठक पनि बोलाइएको थियो। सुरक्षा समितिले सुरक्षाका जनपथ, सशस्त्र, नेपाली सेना, राष्ट्रिय अनुसन्धान गरी सबै सुरक्षा अंगलाई हाई अलर्टमा राखिएको प्रमुख जिल्ला अधिकारी बोहराले दिनेशखबरलाई बताए।

हुन सक्ने सम्भावित त्रृटिलाई लक्षित गरेर प्रयाप्त सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ बोहराले जनाए।

जनसभा स्थल र प्रधानमन्त्री आवातजावत हुने सडकमा कालो झण्डा, कालो ब्यानर र कालो मास्क प्रतिबन्ध लगाइएको बताइएको छ।

प्रधानमन्त्री ओली प्रतिनिधि सभा विघटन गराएपछि नेकपा नै ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको छ। देशमा राजनीतिक संकट चुलिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै