होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ५२ जनप्रतिनिधिले एमाले छाडे, एकीकृत समाजवादीको पक्षमा सनाखत
समाचार

५२ जनप्रतिनिधिले एमाले छाडे, एकीकृत समाजवादीको पक्षमा सनाखत

  • नागरिक रैबार
५२ जनप्रतिनिधिले एमाले छाडे, एकीकृत समाजवादीको पक्षमा सनाखत

धनगढी : नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा कैलालीका थप २० जना स्थानीय जनप्रतिनिधिले सनाखत गरेका छन्। सोमबार घोडाघोडी नगरपालिका उपमेयर प्रेमाकुमारी थापासहित थप २० जना जनप्रतिनिधिले निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका हुन्।

योसंगै एमाले छाडेर जिल्लामा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या ५२ पुगेको छ। आज उपमेयर थापासहित वडाध्यक्ष टेकबहादुर बुढा, धनबहादुर बम, कार्यपालिका सदस्य रती कामी र वडा सदस्य लक्ष्मीरुद्र न्यौपानेले सनाखत गरेका छन्।

यस्तै लम्कीचुहा नगरपालिकाबाट वडाध्यक्ष पूर्ण विष्ट, कार्यपालिका सदस्य भुमीसरा उपाध्याय र भिमा चौधरीले सनाखत गरेका छन्। भजनी नगरपालिकाका कार्यपालिका सदस्य टिकाराम भण्डारीले समेत आज एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।

विज्ञापन

यस्तै गौरीगंगा नगरपालिका ७ का वडाध्यक्ष दलबहादुर कुमालसहित वडा सदस्य ताराप्रसाद थापा, सरस्वतीदेवी थारु र ३ नम्बर वडाका वडा सदस्य भागीदेवी साउँदले पनी आजै सनाखत गरेका छन्।

यसअघि जिल्ला समन्वय समिति कैलालीकी उपप्रमुख सुन्दरीदेवी चौधरी, गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायत र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरले नेकपा एकिकृत सामाजवादीको पक्षमा सनाखत गरेका थिए।

यस्तै धनगढी उपमहागरपालिका वडा नम्बर १४ का अध्यक्ष रामबजारी चौधरी, गौरीगंगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जंगबहादुर बिक, गोदावरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष कर्णसिंह बोहरा, टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्य र मोहन्याल गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टेकेन्द्र बोगटीले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।

दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार