होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • भिरमाथिबाट खसेको ढुंगा लागेर हिमाली गाउँपालिका वडा अध्यक्ष गम्भिर घाइते
Breaking News

भिरमाथिबाट खसेको ढुंगा लागेर हिमाली गाउँपालिका वडा अध्यक्ष गम्भिर घाइते

  • नागरिक रैबार
भिरमाथिबाट खसेको ढुंगा लागेर  हिमाली गाउँपालिका वडा अध्यक्ष गम्भिर घाइते

नागरिक रैबार/बाजुरा २२ साउन । हिमाली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रमेश बिकलाई भिरमाथिबाट खसेको ढुंगा लागेर  वडा अध्यक्ष गम्भिर घाइते भएका छन् ।निर्माणाधिन स्वास्थ्य चौकीको अनुगमन गर्न गएको बेला भिरबाट खसेकोे ढुंगा लागेर घाइते भएका हिमाली गाउँपालिकाका रोजगार संयोजक बिर्खराज पाण्डेले बताएका छन ।

 

वडा अध्यक्षको टोली फैतीको स्वास्थ्य चौकीमा अनुगमन जादै गर्दा बाटोमा हिँडिरहेको बेला एक्कासी माथिबाट खसेको ढुंगा लागेर अध्यक्षलाई गम्भिर चोट लागेको  बताएका छन ।

 

भिरबाट खसेको ढुंगा लागेर वडा अध्यक्ष विकको टाउको र छातिमा गम्भिर चोट लागेको आफन्तले बताएका छन । अध्यक्ष विकको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार सम्भव नभएर रिफर गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र बाजुराले जनाएको छ । अध्यक्ष विकलाइ अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार