होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दाका सवै वडामा न्यायिक मुद्धा हेर्न अव सजिलो हुने
समाचार

बुढीनन्दाका सवै वडामा न्यायिक मुद्धा हेर्न अव सजिलो हुने

  • नागरिक रैबार
बुढीनन्दाका सवै वडामा न्यायिक मुद्धा हेर्न अव सजिलो हुने

नागरिक रैबार/बाजुरा २२ असार। जिल्लाको बुढिनन्दा नगरपालिकाका १० वटै वडामा अबदेखि वडाका न्यायिक मुद्धा हेर्न सजिलो हुने भएको छ । सोमबार नगरपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताहरुलाई कार्य सम्पादन तथा न्यायिक प्रकृया सम्बन्धी प्रशिक्षण गरेपछि अव वडामै न्यायिक मुद्धाहरु सम्पादन गर्न सजिलो हुने भएको हो ।

May be an image of 1 person and sitting

नगरपालिकाको न्यायिक समितिले वडा नं १ देखी १० का वडा अध्यक्ष तथा बुढीनन्दा नगरपालिकाका मेलमिलापक कर्ताहरुलाई कार्य सम्पादन तथा न्यायिक प्रकृया सम्बन्धी प्रशिक्षण गरिएकोले अव वडाबाटै न्यायीक मुद्धा हेर्न सजिलो हुने बुढिनन्दा नगरपालिकाकी उप प्रमुख श्रृष्टी रेग्मीले बताएकी छन ।

न्यायिक समितिले १,२,३,४ र ५ का वडा अध्यक्ष तथा बुढीनन्दा नगरपालिकाका मेलमिलापकर्ताहरुसंग वडा मेलमिलापकर्ताहरुलाई प्रभावकारी गराउने, न्यायिक प्रकृया, न्यायिक समितिको अधिकार क्षेत्र लगायतका न्यायिक समितिका अधिकार क्षेत्रहरुको बारेमा छलफल गरेको उप प्रमुख रेग्मीले बताएकी छन ।

विज्ञापन

May be an image of 3 people, people sitting, people standing and indoor

न्यायिक मुद्दाहरु वडा स्तरबाट नै मेलमिलाप मार्फत समाधान गर्नको लागि नगरभित्रका १० वटै वडा स्तरिय मेलमिलाप केन्द्रहरुलाई आवश्यक फर्निचर, स्टेशनरि प्रदान गर्नुका साथै वडाका मेलमिलाप कर्ताहरु संग सोमबार अन्तरक्रिया गरिएको नगरउपप्रमुख रेग्मीको भनाईछ । प्रशिक्षण कार्यक्रममा प्रहरी निरीक्षक देबेन्द्र जोशीले महिला हिंसा, सामाजिक कुरुती सम्बन्धी कानुनका बिषयमा प्रशिक्षण गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै