नागरिक रैबार/बाजुरा २२ असार। बडीमालिका नगरपालिका वडा नं. ९ मा एकदिने अपाङ्गता सम्वन्धि अन्तरक्रिया गोष्ठी संचालन गरिएको छ ।बडीमालिका नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला अपाङ्ग कल्याण सेवा संघ बाजुराको आयोजनामा उक्त गोष्ठी संचालन गरिएको हो ।
गोष्ठीमा वडा नं. ९ का अपाङ्गता भएका व्यक्तिहरुको डाटा संकलन र उनीहरुको अवस्थाका बारेमा जानकारी गरिएको गोष्ठीका प्रशिक्षक विरेन्द्र ऐडीले बताएका छन् ।
उनले बडीमालिका नगरपालिकाको सेवा क्षेत्र भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको डाटा संकलन गरेर नगरपालिकालाई बुझाउने र नगरपालिकाबाट नगरभित्रका अपाङ्गहरुका लागि सेवा सुविधाको लागि माग गर्ने बताएका छन् ।
वडा नं. ९ को एकदिने गोष्ठीमा २८ जनाको सहभागिता रहेको थियो । त्यस्तै बडीमालिका ८ मा पनि सोही कार्यक्रम गर्न लागिएको प्रशिक्षक विरेन्द्र ऐडीले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु