होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो
समाचार

सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो

शव परीक्षणको रिपोर्ट कुर्दै प्रहरी

  • नागरिक रैबार
सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो

चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।त्रिवि शिक्षण अस्पतालमा शव परिक्षण भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहले  बताए । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो ।

चितवनका एसपी ओम अधिकारीले विज्ञ चिकित्सकको समुहले पोष्टमार्टम गरिरहेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म कुनै क्लू फेला परेको छैन ।’घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुल्न सकेको छैन। ब्यूरोबाट खटिएको टोली र चितवन प्रहरीले घटना अनुसन्धान गरिरहेका छन् । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने सिआईबीका डीआईजी सिंहले बताए ।

‘पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ’ डीआईजी सिंहले भने, ‘विभिन्न कोणबाट अनुसन्धान जारी राखेका छौं ।’असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् ।

आइतबार साँझ जंगलमा च्याउ टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल नजिकै विषादीको बट्टा पनि भेटिएको प्रहरीले जनाएको छ । घटनास्थल मृतकको घरबाट ५ किलोमिटर टाढा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै