होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले सुदूरपश्चिम संसदीय दलका नेता शाहले बुझाए स्पष्टीकरण
समाचार

एमाले सुदूरपश्चिम संसदीय दलका नेता शाहले बुझाए स्पष्टीकरण

  • नागरिक रैबार
एमाले सुदूरपश्चिम संसदीय दलका नेता शाहले बुझाए स्पष्टीकरण

२३ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण पेश गरेका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शाहले आइतबार बिहान एमाले प्रदेश कमिटीमार्फत अध्यक्ष ओलीलाई जवाफ पठाएका हुन् ।

शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको निर्णय विपरीत काम गरेको भन्दै शाहलाई ४८ घण्टाको समय दिँदै स्पष्टीकरण सोधेका थिए ।

एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले भने संसदीय दलका नेता शाहले बुझाएको स्पष्टीकरणमा पार्टी अध्यक्ष, महासचिव र सचिवलाई पठाएको जानकारी दिए । तर शाहले जवाफमा के लेखेका छन् भन्ने कुरा नखुलाइएको उनले बताए ।

पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्नु र पार्टी एकता विरोधी काम गर्दै आएको भन्दै शाहलाई अध्‍यक्ष ओलीले ८ प्रश्नको जवाफ मागेका थिए । चित्त बुझ्दो जवाफ प्राप्त नभएमा पार्टीबाट निष्काशन गर्ने चेतावनी समेत ओलीले दिएका थिए ।

१० जेठमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेश संसदीय दलमा एमाले माधव नेपाल पक्षको बहुमत रहेका कारण १२ जेठमा सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरिएको थियो ।

सोही अनुसार मुख्यमन्त्री त्रिलोचन भट्टले एमालेका ३ जना मन्त्रीलाई राजीनामा गर्न लगाएर ५ मन्त्री र ४ जना राज्यमन्त्री हेरफेर गरेका थिए । सो क्रममा तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री रहेका एमाले संसदीय दलका नेता शाह दोहोरिएका थिए । उनलाई अहिले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेले पार्टीको निर्देशन नमानेको भन्दै शाहसहितका अन्य ७ जना मन्त्री, २ जना पूर्व मन्त्री र एकजना सचेतक गरी १० जना प्रदेशसभा सदस्यमाथि कारवाही प्रक्रिया थालेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि