होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राजेन्द्र महतोलाइ बर्खास्त गर्न माग
समाचार

राजेन्द्र महतोलाइ बर्खास्त गर्न माग

  • नागरिक रैबार
राजेन्द्र महतोलाइ बर्खास्त गर्न माग

काठमाडौं, जेठ २३ । उपप्रधानमन्त्री राजेन्द्र महतोले पदभारग्रहण लगत्तै संविधानविपरीत विवास्पद अभिव्यक्ति दिएका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री महतोले शनिबार पदभार ग्रहणलगत्तै संविधानको मर्म र प्रस्तावनाविपरीत हुनेगरी नेपाललाई बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलन तयारी गर्ने अभिव्यक्ति दिएका हुन् ।

सो अभिव्यक्तिको चौतर्फी विरोध र आलोचना भएको छ । देशको सार्वभौमिकताविपरीत अभिव्यक्ति दिएको भन्दै उपप्रधानमन्त्री महतोलाई बर्खास्त गर्न माग गरिएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली हालसम्म पनि यो विषयमा मौन बस्नुलाई आश्चर्यका रूपमा हेरिएको छ ।

विवास्पद अभिव्यक्तिपछि चौतर्फी आलोचना खेपिरहेकै बेला पुनः दिउँसो जनता समाजवादी पार्टी ९जसपा० महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि पनि उनले ‘नेपाल बहुल राष्ट्रिय राज्य भएको’ जिकिर गरेका छन् । ‘बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानुन, संविधान र सहभागिता हुनुपर्ने’ उनको तर्कसमेत छ ।‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन, सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ,’ उनले भने, ‘यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’

विज्ञापन

संविधान नै अपुरो रहेको जिकिर गर्दै महतोले ‘देशमा कुनै समस्या छैन भन्नु जनतालाई धोका दिनु रहेको’ उल्लेख गरे । ‘यदि कसैले यो देशमा अब ठीकठाक छ, केही समस्या नै छैन भन्छ भने त्यो देश र जनताका लागि धोका हो,’ उनले भने । उपप्रधानमन्त्री महतोको विवास्पद अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतम, पूर्वमन्त्रीहरू योगेश भट्टराई, गोकर्ण विष्ट, एमालेका विभिन्न १८ जनसंगठनलगायतले विरोध गरेका छन् भने विभिन्न पार्टीनिकट जनवर्गीय संगठनले महतोको पुल्ता दहन सुरु गरेका छन् ।

महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका खनाल–नेपालपक्षका ११ विद्यार्थी नेतालाई प्रहरी पक्राउ गरेको छ । अनेरास्ववियु अध्यक्ष र महासचिवसहित ११ विद्यार्थी नेतालाई प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । राजधानी दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि