होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बच्चाका लागि संसारको पहिलो कोरोना भ्याक्सिनले पायो क्यानडामा मञ्जुरी
स्वास्थ्य-जीवनशैली

बच्चाका लागि संसारको पहिलो कोरोना भ्याक्सिनले पायो क्यानडामा मञ्जुरी

  • नागरिक रैबार
बच्चाका लागि संसारको पहिलो कोरोना भ्याक्सिनले पायो क्यानडामा मञ्जुरी

फाइजरको भ्याक्सिन बच्चाका लागि स्वीकृति पाउने संसारको पहिलो कोरोना भ्याक्सिन बनेको छ । क्यानडाको ड्रग रेगुलेटर हेल्थ क्यान्डाले १२ देखि १५ वर्षका बच्चाका लागि यो भ्याक्सिन लगाउने अनुमति दिएको छ । यसअघि यो भ्याक्सिन १६ वर्ष माथिका उमेर समूहलाई लगाइएको थियो । अमेरिकामा पनि फाइजर बायोएनटेकको कोरोना भ्याक्सिन १२ देखि १५ वर्षका बच्चालाई लगाउनका लागि अनुमति मिल्ने आशा गरिएको छ ।

फाइजरको भ्याक्सिनको बच्चामाथि ट्रायल जनवरीदेखि मार्चबीच भएको थियो । त्यतिबेला भ्याक्सिन निर्माताले उसको भ्याक्सिन बच्चामाथि पूर्ण रुपमा सुरक्षित भएको बताएको थियो । यसको प्रभावकारिता शत प्रतिशत प्रमाणित भएको छ । अमेरिकामा नै फाइजरबाहेक मोडर्ना र जोनसन एण्ड जोनसनको भ्याक्सिन पनि बच्चामा ट्रायल गरिँदैछ । मोडर्ना भ्याक्सिनको ट्रायलको नतिजा जूनमा नै आउने आशा गरिएको छ । यस्तै, जोनसन एण्ड जोनसनको भ्याक्सिनको नतिजा त्यसपछि आउनेछ । अर्थात्, वर्षको अन्त्यसम्म नै कम्पनीको भ्याक्सिन सबै बच्चाका लागि उपलब्ध हुनसक्छ ।

क्यानडामा फाइजरको भ्याक्सिनलाई अनुमति दिएपछि अब के होला ?

विज्ञापन

क्यानडामा हेल्थ रेगुलेटरले स्पष्ट पारेका छन् कि अब यो भ्याक्सिन १२ देखि १५ वर्षका बच्चालाई लगाइनेछ । यसअघि कम्पनीले १३ अप्रिलमा अमेरिकी ड्रग रेगुलेटर (यूएस–एफडीए)सँग १२–१५ वर्षसम्मका बच्चाका लागि भ्याक्सिनको प्रयोगको अनुमति मागेको थियो । अमेरिकी समाचार च्यानल सीएनएनको रिपोर्ट अनुसार अर्को हप्ता अमेरिकामा पनि फाइजरको भ्याक्सिन १२–१५ वर्ष आयु समूहका बच्चामाथि प्रयोग गर्न अनुमति दिइनेछ ।

यूएस–एफडीएका अधिकारीले अर्को हप्ता नै मिटिङमा फाइजरको भ्याक्सिनमाथि निर्णय लिनुपर्नेछ । मञ्जुरी पाएको खण्डमा सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को एडभाइजरी कमिटीको बैठक हुनेछ । यसमा बच्चालाई कसरी र कहिले खोप लगाइने भनेर निश्चित गरिनेछ । यूएस–एफडीएकी एक प्रवक्ताले वासिङ्टन पोस्टसँगको कुराकानीमा भनिन्, ‘हामी छिटोभन्दा छिटो पूरा पारदर्शिताका साथै फाइजरको अनुरोधको समीक्षा गर्नेछौं ।हाल फाइजरको भ्याक्सिन १६ वर्षभन्दा बढी आयू समुह भएकाहरुलाई प्रदान गरिएको छ ।’

यस्तै, युरोपेली संघ र बेलायतमा पनि १२–१५ वर्षका बच्चाका लागि यो भ्याक्सिनले मञ्जुर पाउन सक्छ । फाइजरको भ्याक्सिन यी देशमा १६ वर्षभन्दा बढी उमेर समूहकालाई लगाइँदैछ । फाइजरले अब आफ्नो ध्यान ६ महिनादेखि ११ वर्षसम्मका बच्चामाथि भ्याक्सिनको ट्रायल गर्नेमा केन्द्रीत हुने बताएको छ ।

बच्चामाथि कति प्रभावकारी छ फाइजरको भ्याक्सिन ?

फाइजरको दाबी अनुसार उसले १२–१५ वर्षका २,२६० बच्चामाथि भ्याक्सिनको ट्रायल गरेको छ । ३१ मार्च सन् २०२१ मा घोषणा गरिएको नतिजा अनुसार यो भ्याक्सिन यी आयु समूहमाथि १०० प्रतिशत प्रभावकारी साबित भएको छ । यसका अर्थ यो हो कि जसलाई यो भ्याक्सिन लगाइयो, तीमध्ये कोही पनि भाइरसद्वारा संक्रमित भएनन् ।

ट्रायल्समा १८ बच्चा कोरोनाद्वारा संक्रमित भएका थिए तर उनीहरु सबै प्लेसिबो ग्रुपका थिए । त्यसपछि पनि ट्रायलमा संलग्न बच्चालाई दुई वर्षसम्म निगरानी गरिनेछ ता कि उनीहरुको शरीरमा भ्याक्सिनको दुरगामी असर बुझ्न सकियोस् । कम्पनीका अनुसार बच्चालाई चाँडोभन्दा चाँडो पुनः स्कूल पठाउन आवश्यक छ ता कि उनीहरु आफ्ना साथीलाई भेट्न सकून्, साथीभाइ र परिवारसँग निश्चिन्तताका साथ बाहिर खेल्न सकून् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार