होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडी किशोरी मृत्यु प्रकरणः हत्या आशंकामा शंकास्पद ६ जना नियन्त्रणमा !
समाचार

बैतडी किशोरी मृत्यु प्रकरणः हत्या आशंकामा शंकास्पद ६ जना नियन्त्रणमा !

  • नागरिक रैबार
बैतडी किशोरी मृत्यु प्रकरणः हत्या आशंकामा शंकास्पद ६ जना नियन्त्रणमा !

धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्ट मृत भेटिएको घटनामा प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाउँदै अनुसन्धानलाई तिव्र बनाएको छ।

एसएसपीको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अधिकारी समेत सम्मिलित प्रहरी टोलीले घटनास्थलमै पुगेर अनुसन्धानलाई तिव्र बनाएको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।

उनकाअनुसार बलात्कारपछि किशोरीको हत्या गरिएको आशंकामा शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाउँदै अनुसन्धान जारी राखिएको छ।

शंकास्पद ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक सिंहले अन्य व्यक्तिमाथि समेत निगरानी भइरहेको बताए।

 

यसैबीच जिल्ला अस्पताल बैतडीले मृतकको शव परीक्षणको काम पनि सुरु गरेको छ। परीक्षणपछि समेत धेरै कुरा खुल्ने विश्वास प्रहरीले गरेको छ।

बुधबारदेखि वेपत्ता दोगडाकेदार गाउँपालिका–७ की भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन्।

सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भट्ट विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन्।

घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै