नेपाल पत्रकार महासघ बाजुरा शाखाको १५ औैँ साधारण सभा यही माघ २८ गते गरिने भएको छ । नेपाल पत्रकार महासघं बाजुरा शाखाको शुक्रबार बसेको पुर्ण बैठकले सो निणर्य गरेको हो ।
नेपाल पत्रकार महासघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिहंको अध्यक्षतामा बसेको बैठकले यही माघ २८ गते साधारण सभा गर्ने पत्रकार महासघं बाजुरा शाखाका सचिव प्रेम बिकले बताएका छन ।
पत्रकार महासघंको हलमा बसेको बैठकले २७ गते सम्म सदस्याता नबिकरण गरिसक्नुपर्ने निणर्य समेत गरेको सचिव बिकले बताएका छन । सो बैठकको निणर्य अनुसार जिल्लामा कोेरोनाको बेला खटिएका केही स्वास्थ्य कर्मि, कृषि अभियान्ता र जनमुखी प्रशासक लाई सम्मान गर्ने निणर्य समेत भएको बरिष्ठ उपाध्यक्ष निमेन्द्र शाहीले बताएका छन ।
फेसबुक प्रतिक्रियाहरु