होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेशसभामा माधव नेपालको पार्टी सबैभन्दा ठूलो
राजनीति

सुदूरपश्चिम प्रदेशसभामा माधव नेपालको पार्टी सबैभन्दा ठूलो

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशसभामा माधव नेपालको पार्टी सबैभन्दा ठूलो

धनगढी, २० भदौ : माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैैभन्दा ठूलो दल बनेको छ । आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको छ ।

प्रदेशमा माओवादी केन्द्रका पनि १३ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रको भन्दा ठूलो पार्टी बनाएर सत्ताको दाबी गर्ने भन्दै थप एक सांसद जुटाउने अभियानमा सो पार्टीका नेताहरु लागिपरेका छन् । प्रदेशसभा सदस्य बलदेव रेग्मीलाई आफ्नो पक्षमा ल्याएर बहुमत सदस्य जुटाउने अभियान जारी रहेको प्रदेशसभा सदस्य दीर्घ सोडारीको दाबी छ ।

प्रदेशसभा सदस्यहरु दीर्घ सोडारी र तारा लामा तामाङसँगै विगतमा ओली पक्षमा खुल्दै आएका पूर्वराज्यमन्त्री प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर नेकपा (एस)को पक्षमा सनाखत गरेका छन् । योसँगै कांग्रेस र एमालेसँग १२/१२ जना प्रदेशसभा सदस्य हुनेछन् भने जनता समाजवादी पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।

मोहन जोशी/न्युज कारखाना

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ महिना अगाडि