होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • एकपटक पार्टी सभापतिमा दोहोरीने ईच्छ्या छ : पंण्डित
Breaking News

एकपटक पार्टी सभापतिमा दोहोरीने ईच्छ्या छ : पंण्डित

  • नागरिक रैबार
एकपटक पार्टी सभापतिमा दोहोरीने ईच्छ्या छ : पंण्डित

नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसंगै नेपाली काँग्रेस बाजुराले आफ्नो तयारीलाई पनि तिव्रताका साथ अगाडी बढाएको छ । गाउँटोल, पालिका, प्रदेश (क) र (ख) सहित जिल्लामा नेतृत्व चयनका लागि नेताहरु चुनावी रणनीति बनाएर अगाडी बढेका छन् । यससँगै जिल्ला सभापतिका लागि आकांक्षीहरु आफ्नो टिम निर्माण एवं विस्तारको आन्तरिक तयारीमा जुटेका छन् ।

बाजुरा जिल्लामा पार्टी सभापतिका लागि मुख्यतः ३ वटा पक्षबाट पार्टी सभापतिका दाबेदार देखिएका छन् । जसमध्ये वर्तमान जिल्ला सभापति कविराज पंडित, वरिष्ठ नेता रामसिंह रावल र  जनकराज गिरी छन् ।

यस अघि देउवा पक्षबाट पार्टी सभापति बनेका कविराज पंडित यसपटक पनि आफुलाई पार्टी सभापति बन्न कार्यकर्ताहरुले दवाव दिएको बताउँछन् । त्यस्तै पौडेल पक्षबाट यस अघि वर्तमान सभापति पंडितसंग पराजित बनेका त्रिवेणी नगरपालिकाका नगरप्रमुख समेत रहेका रामसिंह रावल पनि यस पटक आफु पार्टी सभापतिको लागि बलियो दावेदार रहेको दावी गर्छन् । त्यस्तै पार्टी सभापतिमा उम्मेदवारी दिने गरी पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरीपनि आन्तरिक तयारीमा छन् ।

विज्ञापन

नेपाली काँग्रेसको १४ आँै राष्ट्रिय महाधिवेशन तथा बाजुराको सातौँ जिल्ला अधिवेशन नजिकीदै गर्दा बाजुरामा काँग्रेसको निकै माहोल तातेको छ । केन्द्र देखि जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु अधिवेशन केन्द्रित बनेका छन् । नेपाली काँग्रेसका गाउँदेखि जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु अहिले आ-आफ्नो पक्षमा बहुमत जुटाउन गणितीय हिसाव-किताव गर्नमै व्यस्त भईरहेका देखिन्छन् । गाउँ, टोल, वडा देखि पालिका र जिल्लास्तरमा सिँगो पार्टीलाई मिलाएर लानुपर्नेमा अधिकाँस नेता तथा कार्यकर्ताको जोड भएपनि प्यानलगत होडबाजी भने व्यापक रहेको पाईन्छ ।

नेपाली काँग्रेस बाजुराको सातौ जिल्ला अधिवेशन केन्द्रित रहेर नागरिक रैबारको खास कुरा विशेष सम्वादका लागि नागरिक रैबारका कार्यकारी सम्पादक मदन विकले नेपाली काँग्रेस बाजुराका पार्टी सभापति कविराज पंडितसंग गरेको कुराकानीमा आधारित:

नेपाली काँग्रेस बाजुराको सातौ जिल्ला अधिवेशनको तयारी कहाँ पग्यो ? वडा अधिवेशन स्थगित भएको छ । कहिलेबाट सूरु हुँन्छ ?

नेपाली काँग्रेस बाजुरा अहिले गाउँ, टोल, वडा, पालिका र जिल्ला अधिवेशनका लागि तयारी भएर केन्द्रित बनेको छ । पार्टीमा क्रियाशिल सदस्यताको विषयको टुंगो नलागेपछि अहिलेलाई वडा अधिवेशन अनिश्चितकालका लागि स्थगित बनेको छ । केही दिन भित्र वडा अधिवेशन सक्ने तयारीमा रहेका छौं ।

बाजुरामा आन्तरिक विवाद भएकै कारण क्रियाशिल सदस्यता आउन ढिलाई भएको हो ?
जिल्लामा केहि बिबाद भएको छैन् । केन्द्रकै समस्याका कारण क्रियाशील सदस्यता आउन ढिलाइ भएको हो । जिल्लामा आन्तरिक बिबाद र सदस्यता लेवि नतिरेको भन्ने कुरा बाहिर आएको छ तर यो कुरा गलत हो ।

जिल्ला अधिवेशनमा सभापतिका लागि आकांक्षीहरु धेरै छन् तपाईको उम्मेदावारी के मा रहन्छ ?

एक कार्यकाल जिल्लाको पार्टी सभापति भईसकेकोले आफ्नो व्यक्तिगत इच्छ्या भनेको त खासमा केन्द्रिय सदस्यमा हो । तर कार्यकर्ताहरुले पुनः एकपटक जिल्ला सभापतिमै उम्मेदवारी दिनु पर्ने चर्को दवाव दिएकाले पार्टी सभापतिमा दोहोरीने ईच्छ्या राखेको छु ।

पार्टी भित्र अहिले तपाईकै पक्षबाट धेरै जना सभापतिमा आकांक्षीहरु देखिएका छन् । फेरी तपाईलाई नै सभापति बनाउँछन त ?

पार्टीभित्रका कार्यकर्ताहरुले मलाई फेरी एकपटक पार्टी सभापतिमा उम्मेदवारी दिनु पर्छ भनि दवाब दिइरहेका छन् । म पनि कार्यकर्ताको आग्रह अनुसार अगाडि बढ्ने सोचमा छु । पार्टीमा अहिले देवराज जोशी, पदमबहादुर शाही, महाँ नेपाली, धनराज पंडित, दिपक शाह लगायतका सार्थीहरु सभापतिका लागि तयारी अवस्थामा छन् । तर निर्वाचन भएमा हामी साथीहरु मध्येबाट सहमति गरेर एकजना मात्रै सभापतिको उम्मेदवारीमा पठाउने गरी छलफल भईरहेको छ ।

करिव पाँचवर्षे कार्यकालमा तपाई नेतृत्वको टिमले जिल्लामा काम गर्न सकेन भन्ने काँग्रेस कार्यकर्ताको आरोप छ । के यो सत्य हो ?

आफ्नो नेतृत्वमा हँदा बाजुरामा ९ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहमा विजयी भयौं, बहुमत वडाहरुमा काँग्रेसलाई जितायौं । बाजुरामा संस्थागत पार्टीको विकास भएको छ, पार्टी कार्यालयको भवन निर्माण गर्न सफल भएका छौं । कसले कसरी आरोप लगाए त्यो आफ्नो ठाउँमा होला तर हाम्रो नेतृत्वमा बाजुरामा धेरै काम गर्न सफल भएका छौं यो समग्र नेपाली काँग्रेस बाजुराको लागि ठुलो उपलव्धी हो ।

अन्तमाः गुटउपगुट नगरी एकताको जिल्ला अधिवेशन बनाउनु पर्ने कार्यकर्ताको माग छ । तर बाजुरा काँग्रेस भित्र ३ वटा गुट हावी भएका छन् । सम्भव छ त एकताको जिल्ला अधिवेशन ?

पक्कै पनि हामीले सकभर त एकताको जिल्ला अधिवेशन बनाउने हो । पार्टी भित्र सहमति गरेर नै अगाडी बढ्ने हो । बाजुरा काँग्रेस एकढिक्का भएर अगाडि बढ्छ । कार्यकर्ताकै सल्लाह सूझाव अनुसार सवैलाई समेटेर जिल्ला अधिवेशन सम्पन्न गर्छौ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार