होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दमक भ्युटावरको सम्झौतामा विदेशी ठेकदार, काममा स्थानीय मात्रै
समाचार

दमक भ्युटावरको सम्झौतामा विदेशी ठेकदार, काममा स्थानीय मात्रै

भ्युटावर ठेक्कामाथि महालेखाले उठायो प्रश्न

  • नागरिक रैबार
दमक भ्युटावरको सम्झौतामा विदेशी ठेकदार, काममा स्थानीय मात्रै

२० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा निर्माणाधीन दृश्यावलोकन स्तम्भ (भ्युटावर)को ठेक्कामाथि प्रश्न उठेको छ । महालेखा परीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदनले भ्युटावरको ठेक्का विदेशी कम्पनीसँगको जोइन्ट भेन्चर कम्पनीले लिए पनि स्थानीय कम्पनीले नै काम गरिरहेको भन्दै प्रश्न उठाएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजनाले दमकमा १८ तलाको भ्युटावर बनाउन चिनियाँ कम्पनी जेडसीजीआईईसीसहित आशिष ओम साइराम निर्माण कम्पनी जेभीसँग १ अर्ब ५६ करोड १४ लाखको सम्झौता गरेको थियो ।

यो कम्पनीको संयुक्त उपक्रम रहेको स्वामित्वमा विदेशी व्यवसायीको २० र नेपाली व्यवसायीको ८० प्रतिशत छ । तर, निर्माण कार्यमा विदेशी निर्माण व्यवसायीको संलग्नता नदेखिएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

विज्ञापन

‘निर्माण कार्यमा प्रयोग गर्ने उपकरण र जनशक्ति स्थानीय निर्माण व्यवसायी नै परिचालन गर्ने प्रस्ताव पेश गरेको अवस्थामा वैदेशिक मुद्रा भुक्तानी गर्ने गरी भएको सम्झौता औचित्यपूर्ण देखिएन,’ प्रतिवेदनमा भनिएको छ ।

सरकारको प्राथमिकता प्राप्त आयोजना रहेको ‘दमक भ्युटावर’ १०० मिटर अग्लो (१८ तलाको) हुनेछ । टुप्पोतिरको २८ मिटर भाग भने मेटल फ्रेमको हुनेछ ।

बाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्ने लक्ष्यका राखेर दमक नगरपालिका– ३ दापगाँछीमा यो टावर बनाइएको हो । यसका लागि स्थानीयवासीले ५ बिगाहा जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका एक अधिकारीका अनुसार २०७६ असार २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको भ्युटावर २०७८ पुस अन्तिम सातासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

टावरको तल पार्किङस्थल हुनेछ भने सोभेनियर पसलसहित ‘ओपन एयर थिएटर’, उद्यान र फाउन्टेन पार्क, बाल उद्यान आदि लगायतका संरचना पनि बन्ने छ ।

भ्युटावरजस्तो अनुत्पादक क्षेत्रमा सरकारले ठलो लगानी गरेको भन्दै विगतबाटै पूर्वप्रधानमन्त्री ओलीको आलोचना हुँदै आएको छ । ओलीकै जोडबल मदनभण्डारी राजमार्ग पनि भ्युटावर नजिकै हुँदै लैजान रेखाङ्कन भएको छ ।अनलाइन खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार