होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेपाल र भारत आज भिड्दै, दुबै टोली जितको खोजीमा
राजनीति

नेपाल र भारत आज भिड्दै, दुबै टोली जितको खोजीमा

  • नागरिक रैबार
नेपाल र भारत आज भिड्दै, दुबै टोली जितको खोजीमा

मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र भारतबीच भिडन्त हुँदैछ । यो खेल दशरथ रंगशालामा साँझ ५ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ । यसअघि शुक्रबार दुबै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए ।

अन्जन विष्टले आयोजक नेपाललाई अग्रता दिलाएपनि दोस्रो हाफमा अनिरुद थापाले भारतका लागि गोल फर्काएका थिए । दुबै टोलीले आजको खेल जित्ने लक्ष्य राखेका छन् । नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो खेल बराबरीमा सकिएपछि माफी माग्दै दोस्रो खेलमा जित निकाल्न चाहेको संकेत गरिसकेका छन् ।

आजको खेलमा हेर्न आउने दर्शकहरुले पूर्ण खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने वा ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ ।

विज्ञापन

हेड टु हेड
१९९३ मा बंगलादेशको ढाकामा आयोजित दक्षिण एशियाली खेलकुदअन्तर्गत फुटबलतर्फ स्वर्ण जित्ने क्रममा नेपालले फाइनलमा भारतलाई हराएको थियो । त्यसको २० वर्षपछि २०१३ मा नेपालले दशरथ रंगशालामै भारतलाई २–१ ले हराएको थियो । नेपालको सिनियर टोलीले भारतलाई यी दुई अवसरमा मात्रै हराएको हो । जबकी भारतले भने १३ पटक जित हासिल गरिसकेको छ । यी दुई टोलीबीच खेलिएका २० खेलमध्ये बाँकी ५ खेल बराबरीमा टुंगिएका छन् ।

साफ च्याम्पियनसिपको तयारी
नेपाल र भारतबीचको मैत्रिपूर्ण खेललाई दुबै टिमले साफ च्याम्पियनसिपको तयारीका रुपमा लिएका छन् । माल्दिभ्सको राजधानी मालेमा अक्टुबर महिनामा साफ च्याम्पियनसिप आयोजना हुनेछ । जहाँ नेपाल र भारतसँगै बंगलादेश, आयोजक माल्दिभ्स र श्रीलंका सहभागी हुनेछन् । त्यसैगरी, नेपाल र भारत दुबैले २०२३ मा चीनमा आयोजना हुने एशिया कप फुटबल प्रतियोगिताका लागि छनोट चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । दुबै टिमले एशिया कपमा छनोट हुने लक्ष्य राखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ महिना अगाडि