होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • म्यानचेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा
खेलकुद

म्यानचेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

  • नागरिक रैबार
म्यानचेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

२२ वैशाख, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी पहिलो पटक युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

रियाद महारेजको दुई गोल मद्दतमा सिटीले सेमिफाइनल दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २-० ले पराजित गर्दै समग्रमा ४-१ को जित हात पारेको हो । पहिलो लेगमा सिटीले पिएसजीलाई उसैको मैदानमा २–१ ले पराजित गरेको थियो ।

 

विज्ञापन

दोस्रो लेगमा महारेजले दुवै हाफमा एक-एक गोल गरे ।

सिटीले अब रियल मड्रिड र चेल्सीबीच हुने अर्को सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलको ११ औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा महारेजले फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गरे ।

एन्जल डि मारायले ६९औं मिनेटमा रातो कार्ड पाएपछि पीएसजीले १० खेलाडीमा सीमित रहेर खेलको अन्त्य गरेको थियो ।

सन् २०१६ मा च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको सिटी पछिल्लो तीन सिजन क्वाटरफाइनलमा पराजित भएको थियो ।

सिटी यस सिजन प्रिमियर लिगको उपाधि नजिक छ भने लिग कपको उपाधि जितिसकेको छ । एफए कपमा भने सिटी चेल्सीसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार