नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार/पाँच नसुतेर, नखाएर भए पनि जनतालाई सडकमा उतार्नुपर्ने बताएका छन्।उनले यो कुरा शुक्रबार ललितपुरमा आयोजित कार्यकर्ता भेलामा भनेका हुन्।‘चार/पाँच दिन नसुतेर, नखाएर भए पनि जनतालाई उतार्नुपर्यो,’ प्रचण्डले भने, ‘ललितपुरबासी गर्जेर उठ्नुपर्यो। माघ २८ गते जुट्दा नयाँ उचाइका साथ अगाडि बढ्नुपर्यो।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गरेको दाबी प्रचण्डको छ। ‘पार्टी विभाजन भइसक्यो। केपी ओलीले नै विभाजन गरेका हुन्,’ उनले भने, ‘हामीले त पार्टी विधिअनुसार अगाडि बढाइरहेका छौं।’प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम प्रतिगामी भनेका प्रचण्डले जनता धेरै परिचालन गरेर जनताकै बलबाट मात्रै संविधानलगायत प्राप्त उपलब्धिको रक्षा गर्न सकिने बताएका छन्।
ओलीको हातमा नेतृत्व गएपछि संविधानमाथि प्रहार भएकोले पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरेर त्यो जानकारी निर्वाचन आयोगलाई दिइएको प्रचण्डको भनाइ थियो।
फेसबुक प्रतिक्रियाहरु