होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विभिन्न स्थानमा पाकेटमारी गर्ने २०७ जना पक्राउ
समाचार

विभिन्न स्थानमा पाकेटमारी गर्ने २०७ जना पक्राउ

  • नागरिक रैबार
विभिन्न स्थानमा पाकेटमारी गर्ने २०७ जना पक्राउ

काठमाडौं । सवारी साधन र बजारमा पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई प्रहरीले काठमाडौंबाट विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पक्राउ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कारागार चलान गरेको परिसरका प्रमुख एसएसपी अशोक सिहंले बताए ।

विज्ञापन

उनीहरले सार्वजनिक बसभित्र समूह बनाइ छिर्ने र पैसा भएको यात्रु पत्ता लगाएर पछाडिबाट घेराबन्दी पारी मोबाइल, नगद र सुनचाँदी पाकेटमारी गरेर पालोपालो गरी ओर्लने गरेको प्रहरीको भनाइ छ । पाकेट मार्दा उनीहरुले सांकेतिक भाषा प्रयोग गर्ने गरेको एसएसपी सिंहले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार