नागरिक रैबार/बाजुरा १८ असोज ।बाजुरा जिल्लामा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले १५ औँ विश्व पशुपन्छी दिवस बाजुरामा पनि मनाईएकाे छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द बाजुरा र बडिमालिका नगरपालिका पशु सेवा शाखा को संयुक्त आयोजनामा, “पशु कल्याण मा अभिवृद्धि, दिगो बिकास र समृद्धि” भन्ने नाराका साथ १५ औं बिश्व पशुपन्छी दिवस मनाईएकाे छ ।
बडिमालिका नगरपालिका पशु सेवा शाखा को आयोजनामा भएकाे कार्यक्रममा स्वच्छ दुध पिउ दिर्घ जिवन जिऔँ , स्वस्थ पशु स्वस्थ जिवन भन्ने नारा सहित समाजमा चेतना मुलक सन्देश दिएकाे छ ।
उक्त कार्यक्रममा बिभिन्न कार्यालयका कर्मचारी , पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द बाजुरा र बडिमालिका नगरपालिका पशु सेवा शाखा को संयुक्त आयोजनामा भएकाे कार्यक्रमकाे समापन पशुसेवा विज्ञ केन्द्रका प्रमुख सिद्धराज जोशीले गरेका थिए । उक्त कार्यक्रम बडिमालिका नगरपालिका पशु शाखा र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र बाजुराकाे आयाेजनामा गरिएकाे थियाे ।
फेसबुक प्रतिक्रियाहरु