होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै
समाचार

बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै

  • नागरिक रैबार
बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै

बैतडी: बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन्। चालु आर्थिक वर्षमा अहिले ३७ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये ३७ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भइसकेको उनले बताए।

माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्। झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्।

स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउने लगायतका लक्षण देखा पर्छन। यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत स्वास्थ्यकर्मीहरुले बताएका छन्।

विज्ञापन

स्वास्थ्य संस्थामा चेकजाँच गरेपछि स्क्रब टाइफस भए नभएको बारेमा जानकारी हुने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार