होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम बाहेक सबै प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना
समाचार

सुदूरपश्चिम बाहेक सबै प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

  • नागरिक रैबार
सुदूरपश्चिम बाहेक सबै प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

काठमाडौँ- मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम बाहेकका सबै ६ वटै प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

विज्ञापन

श्रावण २० गते बुधबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरु तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रावण २१ गते बिहीबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्विनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

श्रावण २२ गते शुक्रबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १,बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मतीका एक-दुई स्थानमा मेघगर्जन /चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार