होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शिक्षकद्वारा स्वास्थ्यकर्मी कुटिए
समाचार

शिक्षकद्वारा स्वास्थ्यकर्मी कुटिए

  • नागरिक रैबार
शिक्षकद्वारा स्वास्थ्यकर्मी कुटिए

२१ जेठ, सुर्खेत । कोरोना संक्रमित श्रीमतीको उपचारमा लाप्रवाही गरेको भन्दै हुम्लामा एक शिक्षकले स्वास्थ्यकर्मीमाथी हातपात गरेका छन्। चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले हातपात गरेको हुम्लाका प्रहरी प्रमुख डीएसपी हेरम्ब शर्माले जानकारी दिए ।

‘शिक्षकले नै स्वास्थ्यकर्मीमाथी हातपात गरेको उजुरी हामीकहाँ आएको छ,’ डीएसपी शर्माले भने, ‘हाम्रो टिम घटना स्थलमा गैसकेको छ, महामारीमा खटिने स्वास्थ्यकर्मीमाथीको हातपात शैय हुँदैन् ।’ चंखेली पुग्न सदरमुकामबाट दुई दिन पैदल हिड्नुपर्छ ।

शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढामाथि हातपात गर्नुका साथै शरिरमा सेनिटाइजर छरेर आगो लगाउने प्रयास गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

विज्ञापन

‘सेनिटाइजर टाउकोमा खन्याएर आगो लगाउने प्रयास गरिएको थियो, स्थानीयहरू आएर बचाएछन्,’ प्रमुख सिंहले भने ।

उनका अनुसार शिक्षक रोकायले आज बिहान स्वास्थ्यकर्मी बुढाको कोठामै आएर आक्रमण गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार