होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • जसपा फुटे चुनावमा मधेशवादी नेताहरुको के होला ?
राजनीति

जसपा फुटे चुनावमा मधेशवादी नेताहरुको के होला ?

  • नागरिक रैबार
जसपा फुटे चुनावमा मधेशवादी नेताहरुको के होला ?

काठमाडौं, २१ जेठ । मधेशवादी दुई दलहरु राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर एक वर्ष अघि बनेको जनता समाजवादी पार्टी चुनावको मुखमा फुटको संघारमा छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला नगरे अबको ५ महिनामा देश चुनावमा जान्छ । विघटनको पक्षमा फैसला गरेपनि अर्को वर्ष आवधिक चुनावमा देश जाने नै छ ।

प्रतिनिधि सभाको कार्यकाल सकिनै लाग्दा अघिल्लो चुनावमा महत्वपूर्ण सफलता हासिल गरेका दलहरु भने विभाजित भइरहेका छन् । नेकपा विभाजित भइसकेको छ । नेकपाबाट विभाजित भएको नेकपा एमाले पनि औपचारिक विभाजन हुनमात्र बाँकी छ ।

मधेशमा ठूलो चुनावी सफलता हासिल गरेको मधेशवादी हावी भएको दल जनता समाजवादी पार्टी पनि औपचारिक रुपमा फुट्न मात्र बाँकी छ । विभाजित भइसकेको छ । २०७४ सालमा भएको आमनिर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र जनता समाजवादी पार्टी गठबन्धन गरेर चुनावमा भाग लिएका थिए । गठबन्धनका कारण उनीहरुले उल्लेख्य सफलता हासिल गरे ।

विज्ञापन

मधेशवादीहरुले यसअघि कुनैपनि चुनावमा यति धेरै सिट जितेका थिएनन् । तत्कालीन संघीय समाजवादी पार्टीले प्रत्यक्षतर्फ १०७ स्थानमा उम्मेदवारी दिएकोमा १० सिट जितेको थियो । राजपाले भने ६५ स्थानमा उम्मेदवारी दिएकोमा ११ सिटमा जित हासिल गरेको थियो । यी दुईको प्रत्यक्षतर्फ सिट जोड्दा नेपाली काँग्रेसको भन्दा २ सिटले मात्र कम हो । काँग्रेसले प्रत्यक्षतर्फ २३ सिटमात्र जितेको थियो । मधेशमा काँग्रेसलाई ठूलो धक्का परेको थियो ।

जसपा फुटेको अवस्थामै चुनावमा गए मधेशवादी नेताहरुलाई ठूलो चुनावी धक्का पर्न सक्छ । यसअघिको चुनाव जितेका अधिकांश नेताहरुलाई आगामी चुनाव निकै कठिन पर्न सक्छ ।

एक भएर मधेशवादी नेताहरुले त्यतिबेला चुनावी लहर नै ल्याउन सकेका थिए । मधेशको सीमा नजिकका अधिकांश क्षेत्रहरुमा मधेशवादी नेताहरु विजयी भएका थिए । तत्कालीन राजपाको अध्यक्ष मण्डलका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव सबैजना विजयी भएका थिए । तत्कालीन समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका अलावा प्रभावशाली नेताहरु रेणु यादवलगायत पनि विजयी भएका थिए । उनीहरुको सजिलो जीतमा चुनावी गठबन्धन बन्नु मुख्य कारण थियो ।

अब जसपा फुटेर चुनावमा जाँदा मत बाँडिने अवस्था बन्न सक्छ । विगतमा ल्याएको मत बाँडिने र त्यसमाथि चुनावी लहर पनि प्रतिकूल पर्दा मधेशवादीलाई ठूलो धक्का पर्न सक्छ ।

२०७४ को चुनावलाई केलाउँदा महन्थ ठाकुर नेतृत्वको तत्कालिन राजपाले ४ स्थानमा मात्र १० हजारभन्दा बढी मतान्तरले जीत हासिल गरेको थियो । २ स्थानमा ५ हजार, २ स्थानमा ३ हजार, १ स्थानमा २ हजार, १ स्थानमा १ हजार र १ स्थानमा ५ सय मतान्तरले जित हासिल गर्न सक्यो ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीले ३ स्थानमा मात्र १० हजारभन्दा बढी मतान्तरले जित हासिल गरेको थियो । ४ स्थानमा ५ हजार, १ स्थानमा ३ हजार र २ स्थानमा १ हजार मतान्तरले जित हासिल गरेको थियो ।

जसपा फुटेमा महन्थ ठाकुर पक्षलाई अघिल्लो चुनावमा जितेकामध्ये कम्तिमा ७ स्थानमा जीत निकाल्न मुश्किल पर्न सक्छ । उपेन्द्र यादव पक्षधरका लागि अघिल्लो चुनावमा जितेका मध्ये ६ स्थानमा जीत निकाल्न मुश्किल पर्छ ।

उपेन्द्र यादव पक्षधर काँग्रेस र माओवादी केन्द्रसँग र महन्थ ठाकुर पक्षधर नेकपा एमालेको केपी शर्मा ओली पक्षधरसँग गठबन्धन बनाएर जाने अवस्था पनि बन्नसक्छ । अहिलेको परिस्थितिमा राजनीति अघि बढे ध्रुवीकरण र गठबन्धन यस्तै हुनसक्छ । उपेन्द्र यादव पक्षधरको काँग्रेस र माओवादी केन्द्रसँग गठबन्धन बनेमा महन्थ ठाकुर पक्षधर एमालेको ओली पक्षधरसँग गठबन्धन बनाएर बढेमा समेत चुनाव जित्न कठिन अवस्था हुने अघिल्लो चुनावी नतिजा केलाउँदा देखिन्छ । त्यसमाथि एमालेको माधव नेपाल समूह ओलीविरोधी गठबन्धनमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार