होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘दार्चुला घटनाको पीडा डडेल्धुरालाई अवश्य दुख्नेछ’
समाचार

‘दार्चुला घटनाको पीडा डडेल्धुरालाई अवश्य दुख्नेछ’

  • नागरिक रैबार
‘दार्चुला घटनाको पीडा डडेल्धुरालाई अवश्य दुख्नेछ’

धनगढी : प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न माग गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको तर्फबाट धारणा राख्दै दार्चुला जिल्लाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठनको माग गरे।

‘दार्चुला घटनाबारे सरकारले अविलम्ब भारतसँग औपचारिक विरोध जनाओस्, दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही होस्,’ उनले भने। सरकारले दार्चुला घटनाबारे भारतीय राजदूतलाई बोलाएर सोध्नुको सट्टा प्रशासनिक छानविन समिति बनाएर नाटक मात्रै गरेको उनले बताए।

‘युद्धमा पनि जीउज्यान जोगाउनु मानवीय धर्म हुन्छ। तर, जयसिंह धामीको हत्या भएको छ। सीमामा यसरी नेपाली नागरिकको हत्या हुँदा पनि सरकार भारतीय राजदूतलाई बोलाउनुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसिरहेको छ,’ ठगुन्नाले भने। उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले जयसिंहलाई न्याय दिने पनि विश्वास गरे।

विज्ञापन

‘स्वर्गीय राष्ट्रवादी नेता प्रेमसिंह धामीले भन्नुहुन्थ्यो–कालापानी काठमाडौँलाई किन दुख्दैन। कालापानीबाट काठमाडौँ निकै टाढा छ यसकारण नदुखेको हुनसक्छ। अहिलेको सरकारको नेतृत्व गर्दै आउनुभएका शेरबहादुर देउवा जि डडेल्धुराबाट प्रतिनिधित्व गर्नुहुन्छ। मलाई विश्वास छ दार्चुला घटनाको पीडा डडेल्धुरालाई अवश्य दुख्नेछ।’

साउन १५ गते व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। स्थानीयले भारतीय सुरक्षा बल एसएसबीले तुइन खोल्दा जयसिंह धामी बेपत्ता भएको बताउँदै अएका छन्। नेपाल सरकार भने गृह मन्त्रालयका सचिवको नेतृत्वमा छानविन टोली गठन गरेको र टोलीको प्रतिवेदनअनुसार अगाडि बढ्ने बताउँदै आएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार