होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडाध्यक्षको इटा प्रहारबाट स्थानीय घाइते
समाचार

वडाध्यक्षको इटा प्रहारबाट स्थानीय घाइते

  • नागरिक रैबार
वडाध्यक्षको इटा प्रहारबाट स्थानीय घाइते

झापा । झापाको मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आक्रमणमा परी एक स्थानीय गम्भीर घाइते भएका छन् ।

सडकमा ढल बनाउने विषयमा विवाद हुँदा सिग्देलले स्थानीय अर्जुन थेवेको टाउकोमा इटा प्रहार गरेका थिए ।

थेवेको चारआलीस्थित मनकामना अस्पतालमा प्राथमिक उपचार पश्चात बिएण्डसी हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते थेवेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

उनको टाउकोमा ६ टाँका लगाइएको छ । शुक्रबार अपरान्ह चारआलीस्थित थेवेको घर अगाडि सडकमा ढल निर्माण गर्ने बिषयमा उनीहरु बीच विवाद भएको थियोे । दुईजना बीच धकेलाधकेल भएपछि वडाध्यक्ष सिग्देलले थेवेको टाउकोमा इटा प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।

आज घटनाको बिषयमा छलफल गर्ने गरि वडाध्यक्ष सिग्देललाई मेचीनगरका प्रमुख बिमल आचार्य र उपप्रमुख मिना उप्रेतीको रोहबरमा चार आली चौकीबाट लगिएको बताइएको छ ।

हालसम्म पीडितको तर्फबाट कुनै किटानी जाहेरी नदिइएको प्रहरीले जनाएको छ । घाइते थेबे नेपाली कांग्रेसको मेचीनगर नगर कमिटीका सचिब हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै