होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘ओलीले अलमलाउन खोजेको’ माधव पक्षका नेताहरुको निष्कर्ष
समाचार

‘ओलीले अलमलाउन खोजेको’ माधव पक्षका नेताहरुको निष्कर्ष

  • नागरिक रैबार
‘ओलीले अलमलाउन खोजेको’ माधव पक्षका नेताहरुको निष्कर्ष

काठमाडौं, २० जेठ । नेकपा एमालेको माधवकुमार नेपाल निकट नेताहरुको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । बैठकमा बोल्ने अधिकांश नेताहरुले ओलीले सहमतिका नाममा अलमलाउन खोजेको निष्कर्ष समेत निकालेका छन् ।

पार्टी विधि र विधानलाई समेतको धज्जी उडाएर ओलीले एकपछि अर्को कदम चालिरहेको भन्दै नेताहरुले कुनै कार्डबाट अलमलिन नहुने समेत बताएका छन् ।पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुनै अलमल नगरी नयाँ दल खोल्ने तयारीमा लाग्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी एक नेताले बताए । उनले ओलीसँग सहमति हुन नसक्नेमा निश्चिन्त हुन समेत आग्रह गरे ।

सुरेन्द्र पाण्डेले सहमतिका लागि भइरहेको वार्तामा कुनै ठोस नतिजा आउने संकेत नदेखिएको स्पष्ट पारे । उनले वार्ता अलमलाउने अस्त्र मात्र देखिएको बताएको बुझिएको छ । पटक पटक वार्ता गर्दा पनि २ जेठ २०७५ मा फर्कन ओली तयार नभएको उल्लेख गरे ।

विज्ञापन

अधिकांश नेताहरुले अब अलमलिए कम्युनिस्ट आन्दोलनलाई झन् ठूलो क्षति पुग्नेतर्फ सचेत गराए । उनीहरुले कम्युनिस्ट आन्दोलनलाई जिवित राख्न पनि कठोर कदम चाल्नुपर्नेमा जोड दिए ।रिपोर्टस क्लवडटकमबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि