होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वन मन्त्रीद्धारा एक अर्ब घुस दिन खोज्नेलाई उन्मूक्ति
समाचार

वन मन्त्रीद्धारा एक अर्ब घुस दिन खोज्नेलाई उन्मूक्ति

  • नागरिक रैबार
वन मन्त्रीद्धारा एक अर्ब घुस दिन खोज्नेलाई उन्मूक्ति

काठमाण्डौं। काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मंगलबार वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषद्मा मन्त्री मगरको भनाईले शंका उत्पन्न गराएको सामूदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले बताईन् । ‘उहा“ त स्वम् मन्त्री हो, त्यसरी एक अर्ब घुसको अफर गर्नेलाई कानुनी दायरामा ल्याउन उहा“लाई कसले रोक्यो,’ अध्यक्ष पाठकले भनिन्, ‘भनेर मात्र हुन्न, एक्सन गर्नु पर्छ ।’

मन्त्री मगरले आफुलाई धम्कीसमेत आएको बताएको पाठकको भनाई छ । नेपालमा लागु गरिएको वैज्ञानिक वन केहि समययता विवादमा छ । ब्यवसायी र कर्मचारीहरु खारेज गर्न नहुने लविङमा देखिदै आएका छन् भने, सामूदायिक वन उपभोक्ताहरु भने वैज्ञानिक वन व्यवस्थापनका नामा वन सखाप हुन थालेका भन्दै जुनसूकै हालतमा खारेज हुनुपर्ने अडानमा छन् ।

विज्ञापन

मन्त्री मगरको भनाई पछि सामूदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य नेत्र खनालले घुसको अफर गर्नेको नामसम्म सार्वजनिक गर्नु पर्नेमा जोड दिए । ‘नत्र मन्त्री नै शंकाको घेरामा परे,’ कैलालीका खनालले भने, ‘संवेदनशील सवाल भएकाले जनताले थाहा पाउनै पर्छ ।’ कतिपयले मन्त्री मगरको उक्त भनाई मोलमोलाई भएको आरोप लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै