होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • अप्रिलको अन्त्यसम्म नेपालमा कोरोना विरुद्धको खोप आउन सक्ने
देश/प्रदेश

अप्रिलको अन्त्यसम्म नेपालमा कोरोना विरुद्धको खोप आउन सक्ने

  • नागरिक रैबार
अप्रिलको अन्त्यसम्म नेपालमा कोरोना विरुद्धको खोप आउन सक्ने

आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउन सक्ने सम्भावना रहेको बताइएको छ । हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ ।

विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरण समेत जारी छ । खोप आगामी अप्रिल महिनादेखि नेपालमा पनि आउन सक्ने एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ । बेलायत लगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ।

विज्ञापन

भारतसहित बेलायत, यूरोपेलि मुलुक, अमेरिका लगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीहरुलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार