होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कपिलवस्तुमा करेन्ट लागेर किशोरीको मृत्यु
समाचार

कपिलवस्तुमा करेन्ट लागेर किशोरीको मृत्यु

  • नागरिक रैबार
कपिलवस्तुमा करेन्ट लागेर किशोरीको मृत्यु

कपिलवस्तुमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको गएराति करेन्ट लागेर मृत्यु भएको हो । टेवल पङ्खा जोड्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफु सुत्ने कोठामा टेवल पङ्खा जोड्ने क्रममा उनी करेन्ट लागेर गम्भीर भएकी थिइन् । घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार