होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • चार पूर्व माओवादी नेताहरुको रिटमाथि आज सुनुवाई
राजनीति

चार पूर्व माओवादी नेताहरुको रिटमाथि आज सुनुवाई

  • नागरिक रैबार
चार पूर्व माओवादी नेताहरुको रिटमाथि आज सुनुवाई

नेकपा माओवादी केन्द्रले गरेको कारवाहीलाई चुनौती दिँदै चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले दायर गरेको रिट निवेदनको सुनुवाई तोकिएको हो ।

उक्त रिट निवेदनमाथि यसअघि दुई पटक पेसी तोकिए पनि सुनुवाई हुन सकेको थिएन । पहिलोपटक पेसी तोकिएको दिन उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो भने दोस्रो पटकको पेसीमा रिट निवेदक पक्षकै कानुन व्यवसायीको आग्रहमा सुनुवाई स्थगित गरिएको थियो ।

विज्ञापन

माओवादी केन्द्रले आफुहरुको सांसद पदसमेत नरहने गरी पार्टीबाट गरेको कारवाहीलाई चुनौती दिँदै पूर्व माओवादीका चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार