होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • राजनीति
  • चार पूर्व माओवादी नेताहरुको रिटमाथि आज सुनुवाई
राजनीति

चार पूर्व माओवादी नेताहरुको रिटमाथि आज सुनुवाई

  • नागरिक रैबार
[sharethis-inline-buttons]
चार पूर्व माओवादी नेताहरुको रिटमाथि आज सुनुवाई

नेकपा माओवादी केन्द्रले गरेको कारवाहीलाई चुनौती दिँदै चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले दायर गरेको रिट निवेदनको सुनुवाई तोकिएको हो ।

उक्त रिट निवेदनमाथि यसअघि दुई पटक पेसी तोकिए पनि सुनुवाई हुन सकेको थिएन । पहिलोपटक पेसी तोकिएको दिन उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो भने दोस्रो पटकको पेसीमा रिट निवेदक पक्षकै कानुन व्यवसायीको आग्रहमा सुनुवाई स्थगित गरिएको थियो ।

विज्ञापन

माओवादी केन्द्रले आफुहरुको सांसद पदसमेत नरहने गरी पार्टीबाट गरेको कारवाहीलाई चुनौती दिँदै पूर्व माओवादीका चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै