होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु
समाचार

जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

  • नागरिक रैबार
जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

बारा । बारामा जंगली हात्तीको आक्रमणबाट एकजना अधबैंसे पुरुषको मृत्यु भएको छ । ​हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ बर्षीय रामदेव पटेलको आज बिहान मृत्यु भएको हो ।

खेतमा काम गरिरहेका पटेललाई बिहान करिव पौने आठ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

उक्त हात्तीलाई नियन्त्रणमा लिनका लागि राष्ट्रिय निकुञ्ज र प्रहरी टोली प्रयासरत रहेको डिएसपी मिश्राले जानकारी दिए ।जङ्गल क्षेत्रबाट करिब १५ किलोमिटर टाढा जिल्ला सदरमुकाम कलैया नजिक गएर हात्तीले आक्रमण गर्न थालेपछि स्थानीयहरु चिन्तित बनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै