होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ६ बुँधे माग संवोधन भए पार्टी एकता सम्भव छ : नेता नेपाल
राजनीति

६ बुँधे माग संवोधन भए पार्टी एकता सम्भव छ : नेता नेपाल

  • नागरिक रैबार
६ बुँधे माग संवोधन भए पार्टी एकता सम्भव छ : नेता नेपाल

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ६ बुँधे माग कार्यान्वयन भए पार्टी एकता अझै सम्भव रहेको बताएका छन् । बुधबार आयोजना गरिएको जनसंगठनहरूको भर्चुअल बैठकमा संवोधन गर्दे नेता नेपालले आफूले राख्दै आएको ६ बुँधे मागको संवोधन भए पार्टी एकता हुनेमा कुनै दुई मत नभएको नेता नेपालले बताएका हुन् ।

बैठकमा बोल्दै नेता नेपालले आफूहरु पार्टी एकताको पक्षमा रहेको बताए । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना नदेखिएको भन्दै नेता नेपालले अबको विकल्प बारे पनि सोच्न आफूहरु वाध्य भएको बताएका छन् ।

बैठकमा सहभागी एक नेताकाअनुसार पार्टीभित्र देखिएको विवाद हल गर्न गठन भएको कार्यदलको आधिकारिक वार्ता नभएको नेता नेपालले नेपालले जानकारी दिएका छन् । केपी ओली अप्ठेरोमा पर्दा वार्ताको नाटकिय मञ्चन गर्ने गरेको नेता नेपालको भनाई रहेको थियो ।

बैठकमा सहभागिता जनाउने सवै नेताहरुले आफूहरु पार्टी एकता गर्न आतुर रहेको भन्दै पार्टी एकता गर्नमा अलमल गर्न नहुने तर्क गरेका छन् । जनसंगठनका नेताहरुले वार्ता गर्ने भए समय तोकेर प्रयत्न गरिनुपर्ने, नत्र अलग पार्टी निर्माणमा लाग्न नेताहरुले सुझाव दिएका छन् ।

तर वार्ताको नाममा धेरै अलमल गरिन नहुने जनसंगठनका नेताहरुको भनाइ थियो । बैठकले जनसंगठनका नेताहरुले संयुक्त वक्तव्य जारी गर्ने समेत निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि