होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम सरकारको बजेटमा अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला बन्दै बझाङ
समाचार

सुदूरपश्चिम सरकारको बजेटमा अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला बन्दै बझाङ

  • नागरिक रैबार
सुदूरपश्चिम सरकारको बजेटमा अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला बन्दै बझाङ

धनगढीः सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुमध्ये बझाङमा सबैभन्दा पहिले अक्सिजन प्लान्ट जडान हुने देखिएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाख ६ गते ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि आशयपत्र पठाएको थियो। जसमध्ये बझाङ अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला हुने देखिएको छ। जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ। ८० लाख बजेटबाट अस्पतालले अक्सिजन प्लान्ट जडान गरिरहेको हो।

अबको एक हप्तापछि अक्सिजन प्लान्ट जडान कार्य पूर्ण रुपमा पुरा हुने अस्पतालका कोभिड फोकल पर्सन डा मिलन खड्काले बताए। उनले अस्पतालको कोरोना वार्डमा रहेका ४४ वटा बेडमध्ये १६ वटा बेडमा अक्सिजन पाइपको व्यवस्था गरी आवश्यकता अनुसार २४सै घण्टा अक्सिजन उपलब्ध गराइने बताएका छन्। यस्तै विद्युतका लागि ट्रान्सफर्मर जोड्ने काम भइरहेको बताइएको छ।

विज्ञापन

अहिले जिल्ला अस्पतालमा १७३ वटा अक्सिजन सिलिण्डर रहेकामा २३ वटा प्रयोग गरिसकिएका खालि सिलिण्डर र १५० वटा भरिएका सिलिण्डर रहेको डा खड्काले जानकारी दिए। त्यस्तै अक्सिजन प्लान्टलाई थप प्रभावकारी बनाउन भ्याकुम र ‘मेडिकल ऐर’ पनि थप्ने योजना रहेको उनले बताए।

डा खड्काका अनुसार अहिले अस्पतालमा १२ जना कोरोना भाइरस संक्रमित बिरामीको उपचार भइरहेको छ। तीमध्ये एक जनाको आईसीयूमा, चार जनाको अक्सिजन सपोर्टमा र एक जनाको भेन्टिलेटमा राखेर उपचार भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि