होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खनाल–नेपाल समूहले भन्यो : ‘ओली पार्टी’ चलाइरहेका केपीसँग शर्तसहित वार्ता हुँदैन
समाचार

खनाल–नेपाल समूहले भन्यो : ‘ओली पार्टी’ चलाइरहेका केपीसँग शर्तसहित वार्ता हुँदैन

  • नागरिक रैबार
खनाल–नेपाल समूहले भन्यो : ‘ओली पार्टी’ चलाइरहेका केपीसँग शर्तसहित वार्ता हुँदैन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का दोस्रो पुस्ताका नेताहरू पार्टी जोगाउन दौडधुपमा छन् । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कार्यदलको उपादेयता नरहेको र अनौपचारिक माध्यमबाट छलफल चलिरहेको बताइरहेका बेला दोस्रो पुस्ताका नेता नियमितजसो संवादमा छन् । सोमबार साँझ पनि दुवैतर्फका नेताहरू सघन संवादमा जुटे । प्रधानमन्त्री केपी ओलीका तर्फबाट सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र खनाल–नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईबीच झण्डै पाँचघण्टा वार्तालाप भयो । विवाद मिलाएर एकता बचाउने अनौपचारिक समझदारी जुट्यो ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली जेठ २ मा फर्कन तयार रहने तर माधवकुमार नेपाल समूहले यसबीचमा गरेका गतिविधि फिर्ता लिएर सार्वजनिकरूपमा आत्मआलोचित हुनुपर्ने ‘शर्त–बन्देज’ अघि सारेका छन् । उनीनिकट नेताहरू यस्तो बताउँदै हिँड्न थालेका छन् ।

तर, झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पनि केपी ओलीसँग शर्तसहित कुनै वार्ता नहुने बताएको छ ।
“तपाईंहरू प्रष्ट हुनुस् केपी ओलीले एमाले चलाइरहेका छैनन् । अहिले उनी एमालेका अध्यक्ष पनि छैनन् । एमाले भनेको सर्वोच्च अदालतले २०७५ जेठ २ गते फर्काएको एमाले हो,” एमाले नेता युवराज ज्ञवालीले बाह्रखरीसँग भने, “ओली पार्टी चलाइरहेका केपी ओलीसँग शर्तसहित संवाद हुन्छ भन्ने भ्रम नपाले हुन्छ । शर्तसहित वार्तामा बस्दैनौँ । बस्नै परेछ भने, हाम्रो शर्त भनेकै जेठ २ मा पार्टी फर्काउने हो । त्यसमा उनी सहमत हुन्छन् भने बसेर संवाद गर्न कठिनाइ छैन । मान्दैनन् भने ठीकै छ ।”

विज्ञापन

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावबाट पछि हट्दैनौं
खनाल–नेपाल समूहले विपक्षी गठबन्धनलाई दिएको समर्थन ‘राजनीतिक’ भएको जिकिर गरेको छ । उसले यसबाट कुनै पनि हालतमा फिर्ता नहुने अडान प्रष्ट्याएको छ । “हामीले सोची, विचार गरिकन नै यो निष्कर्षमा पुगेका हौँ । यो लहड, प्रतिशोध होइन । यो हाम्रो राजनीतिक कुरा हो,” ज्ञवाली थप्छन्, “ओलीले निःशर्तरूपमा जेठ दुईमा फर्किएर एमाले पार्टी चलाउन तत्पर हुन्छन् भने संवादको वातावरण बन्छ ।”

नयाँ पार्टी कहिले बन्छ ? भन्ने प्रश्नमा उनले पुरानै उत्तर दोहोर्‍याए । “अहिले विषय अदालतमा विचाराधीन छ । मुद्दा कुनरूपमा अघि बढ्छ । त्यही अनुसार हाम्रो पनि निर्णय आइहाल्छ,” उनले अदालतको फैसलापछि नै नयाँ पार्टी गठन हुने सम्भावना रहेको बताए ।

‘दोस्रो पुस्ताले रहर पूरा गरून्’
खनाल–नेपाल समूहमा रहेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईलगायत नेता पार्टी आन्दोलन बचाउन एकता अपरिहार्य रहेको बताउँदै आएका छन् । जेठ ९ गते संसद् भवनमा प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दाको तयारी गरिरहँदा भुसालले एमाले, कांग्रेसलगायत ठूला पार्टीहरूको जरा खोतलिँदा लोकतन्त्र नै कमजोर हुने र व्यवस्था धरापमा पर्ने अर्थ्याएका थिए ।

संसदीय मूल्यमान्यताविरूद्ध जानुपरेकोमा आफू जतिबेलै आत्मआलोचित हुन तयार रहेको बताउँदै जुनसुकै मूल्य चुकाएर भए पनि एकता बचाउनुपर्ने पक्षमा आफू रहेको पनि बताएका थिए ।

खनाल–नेपाल समूहका नेताहरू यसलाई ‘दोस्रो पुस्ता’को रहरको संज्ञा दिन्छन् ।

“उहाँहरू लागिराख्नुभएको छ । पार्टी एकता हुने अवस्था आयो भने त राम्रै हो । हामीले आधार पनि प्रस्तुत् गरेकै छौँ, जेठ २ मै फर्कने,” युवराज ज्ञवाली आफ्नो तर्कमा उभिँदै भन्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै