होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले स्थायी कमिटी बैठक बस्दै
राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै

  • नागरिक रैबार
एमाले स्थायी कमिटी बैठक बस्दै

१९ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । दिउँसो चार बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो । तर तत्कालै बैठक बोलाइएको छ ।

एमालेको विवाद उत्कर्षमा पुग्दा अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार जनालाई निस्कासन गरेका छन् । थप १२ जनालाई त्यसैदिन २४ घण्टे स्पष्टिकरण सोधिएको थियो । तर मंगलबारको बैठकले यसबारे कुनै निर्णय गरेन ।

विज्ञापन

७ जेठमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका थिए ।

संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर गरेका एमाले सांसदहरुलाई ओलीले कारबाही प्रक्रिया अगाडि बढाएका छन् । २३ मध्ये तीन जना भने आफ्नो निर्णयबाट पछि हटे पछि उनीहरुलाई स्पष्टिकरण सोधिएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै