होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • क्रोएसिया बराबरीमा रोकियो
खेलकुद

क्रोएसिया बराबरीमा रोकियो

  • नागरिक रैबार
क्रोएसिया बराबरीमा रोकियो

१९ जेठ, काठमाडौं । विश्वकपको उपविजेता टोली क्रोएसिया मैत्रीपूर्ण खेलमा अर्मेनियासँग बराबरीमा रोकिएको छ।जुन ११ देखि सुरु हुने युरोकपका लागि तयारीमा स्वरुप खेलिएको खेलमा क्रोएसियाले पहिले अग्रता बनाए पनि जित हात पार्न सकेन ।मंगलबार राति घरेलु मैदानमा भएको खेलमा इन्टरका इभान पेरिसिकले २४औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा अर्मेनियाले बराबरी गोल फर्कायो । अर्मेनियाका व्बेमारले ७२औं मिनेटमा गोल गरेका थिए ।क्रोएसियाले सहजै खेल जित्ने अपेक्षा गरिए पनि निराशाजनकरुपमा बराबरी खेलेको हो ।

युरो २०२० को समूह डी मा रहेको क्रोएसियाले जुन १३ मा इंग्ल्याण्डसँग पहिलो खेल खेल्नेछ । यस समूहमा स्कटल्याण्ड र चेक रिपब्लिक पनि छन् ।यस्तै अर्को मैत्रीपूर्ण खेलमा पोल्याण्ड र रसियाले १-१ को बराबरी खेलेका छन् ।

विज्ञापन

यस्तै स्लोभाकिया र बुल्गेरिया तथा नर्थ मेसेडिया र स्लोभेनियाले पनि १-१ कै बराबरी खेलेका छन् । इस्टोनियाले लिथुअनियालाई १-० ले र कोसोभोले सान मारिनोलाई ४-१ ले पराजित गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै