होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा पुनःस्थापना नहुँदासम्म आन्दोलन जारी राख्ने
समाचार

प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा पुनःस्थापना नहुँदासम्म आन्दोलन जारी राख्ने

  • नागरिक रैबार
प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा पुनःस्थापना नहुँदासम्म आन्दोलन जारी राख्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–नेपाल पक्षले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनमा प्रचण्ड–माधव सूमहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभालाई पुनःस्थापना नहुँदासम्म आन्दोलन जारी राख्ने बताए ।

सरकारको असंवैधानिक कदमको विरुद्धमा जनतालाई सुसूचित बनाउने र जनदवाव सिर्जना गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए । उनले भने, ‘असंवैधानिक रुपमा विघटन गरेको प्रतिनिधि सभालाई सुचारु नबनाउँदा सम्म र त्यसले सिर्जना गरेको प्रतिगमनको खतरालाई निस्तेज नपार्दा सम्म जारी रहने छ । त्यसैले यो आम जनतालाई सुसूचित गर्ने र संघर्षमा उतार्ने र व्यापक जनदवाव सृष्टि गर्ने कार्यक्रमको रुपमा आएको छ । घटनाक्रमको विकास सँगसँगै जनतालाई आन्दोलित गर्दै जुन प्रकारका संघर्षका रुपहरु हामीले दिनुपर्छ त्यो पछिल्लो दिनहरुमा दिनेछौं । तर हाम्रो आन्दोलनको कार्यक्रम पूर्ण शान्तिपूर्ण हुनेछ ।’

संयोजक श्रेष्ठले संवैधानिक अंगहरुलाई दबावमा राखेर काम गर्ने स्थिति नहोस भनेर खबरदारी गर्न समेत जनदवाव दिन आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको बताए । सरकारको हस्तक्षेप र दबाव नहोस र संवैधानिक अंगका पदाधिकारीलाई अपमानित गर्ने स्थिति नहोस भनेर वातावरण बनाउन चाहेको पनि बताए । उजले भने, ‘संविधान अन्तरगत क्रियाशिल संविधानले प्रस्ट आ–आफ्नो कार्यक्षेत्र परिभाषित गरेका संवैधानिक अंगहरुलाई कुनैपनि कोणबाट दवावमा राखेर काम गर्ने स्थिति उत्पन्न हुन दिन चाहन्नौँ । त्यसैले हाम्रो पार्टीले यो संघर्षको कार्यक्रम मार्फत जनदवावको वातावरण निर्माण गर्ने दायित्व पुरा गर्दैछौं । संविधान अन्तर्गत क्रियाशिल संवैधानिक अंगहरुले स्वतन्त्र ढंगले काम गर्ने वातावरण निर्माण होस् । हस्तक्षेप र दवाव कहिं कतैबाट नहोस र संवैधानिक अंगका पदाधिकारीहरुलाई संवैधानिक अंगहरुलाई अपमानित गर्ने, अवहेलना गर्ने हाम्रो सेटिङमा काम गर्छ भनेर प्रचार गर्ने जस्ता कामहरु गर्न नपाओस् । उहाँहरुले स्वतन्त्र र स्वच्छ ढंगले आफ्नो काम निर्वाह गर्न सकोस् । त्यस्तो वातावरण जनताले निमार्ण गरिदिनेछ ।’

विज्ञापन

यस्तै नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर संयुक्त आन्दोलन गर्ने प्रयास गरिएपनि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नसकिदाँ कांग्रेसले रुची नदेखाएको पनि संयोजक श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार