होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतका हरेक व्यक्तिलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा छः ओली
समाचार

भारतका हरेक व्यक्तिलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा छः ओली

  • नागरिक रैबार
भारतका हरेक व्यक्तिलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा छः ओली

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको बताएका छन् । शनिबार काठमाडौमा आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्ना कारण नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन आफू सफल भएको र भारतका हरेक मानिसले नेपालको प्रधानमन्त्रीको नाम कण्ठ भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा धेरै विकासका काम भएको भन्दै आफ्नै तारिफ गरेका हुन् । उनले आफ्नो नेतृत्वमा रानीपोखरी र धरहरा २२ तला बनिसकेको बताए ।
‘यसवीचमा असाधारण र दुनियाँ आश्चयचकित हुननेगरी आर्थिक बृद्धि र प्रगति भएको छ । विश्वमा नेपाल कहाँ छ ? थाहा थिएन । अहिले नेपाल कहाँ छ, थाहा छ । पहिले नेपालको प्रधानमन्त्रीको चर्चा पनि हुँदैनथियो । अहिले भारतका हरेका मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम सोध्यो भने कण्ठै छ’ प्रधानमन्त्री ओलीको भनाई छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्मृद्ध नेपाल र सुखी नेपालीको नारा ठिक छ भनेको भन्दै चिनियाँ राष्ट्रपतिले समेत यो राष्ट्रिय आकाँक्षा ठिक भएको र सहयोग गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरे ।

भाषणको अधिकाँश समय ओलीले प्रचण्ड नेपालको आलोचना गर्न र आफूले गरेका कामको प्रशंसामा विताएका थिए ।
उनले सुरुगमार्ग,रेलमार्ग सडकमार्ग धमाधम भइरहको भन्दै अन्तराष्ट्रिय सम्बन्धमा पनि विस्तार भएको बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार