भदाै १६ वागमती । यो मञ्चमा रारिखएको पुस्तकको तस्विर हो । नेपालको राजनीतिक पार्टीहरुको भेला, बैठकमा यस्तो दृश्य सायदै देखिएको होला । अक्सर राजनीतिक पार्टीहरुका बैठक या सभामा नेताहरु बस्ने विशेष प्रकारको मञ्ज बनाइको हुन्छ । त्यस्ता मञ्चहरु सक्दो सिंगारिका हुन्छन् । मानौ त्यो महाराज बस्ने सिंहासन हो । पार्टीका कार्यकर्ताहरु रैती हुन । तिनीहरु तल वस्नुपर्छ । नेतालाई लाइनमा वसेर भव्य स्वागत गर्नुपर्छ । फुलमाला, दोसल्ला ओडाइदिनुपर्छ । श्रदेय नेताहरुले बोलेको हरेक वाक्यमा सकेसम्म तालि बजाउनु असल कार्यकर्ताको पहिचान हो । तर यो भेलामा त्यस्तो केही दृश्य थिएन ।
कार्यक्रममा कोही अथिति थिएनन् । स्टेजतर्फ एउटा ब्यानर थियो, जसमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको वागमति प्रदेशको प्रथम भेला लेखिएको थियो । त्यसपछि नेताहरु वस्ने स्थानमा एउटा टेबल राखिएको थियो । त्यो टेवलभरी माक्र्सवाद, दर्शन र विज्ञानसम्बन्धी पुस्तकहरु थिए । भेलामा त्यस पार्टीका संयोजक आहुती, वैज्ञानिक समाजवादका नेता एवं मार्क्सवादी चिन्तक रमेश सुनुवारसमेतको सहभागिता थियो । उनीहरु भेलामा उपस्थित अन्य सहभागिहरुकै लाइनमा बसेका थिए ।
कम्युनिस्ट पार्टीहरुमा सामन्तवादी संस्कृति हावि हुँदै गयो । नेताहरुलाई श्रदेय भन्नुपर्ने । मञ्चमा प्रमुख अथिति, विषेश अथिति र अथिति हुने । उनीहरुको ब्याज पनि फरक फरक । प्रमुख अथितिका लागि अलि ठूलो र अलगै डिजाइन गरिएको हुने । ठाउँ भए पनि नभए पनि, भूमिका भए पनि नभए पनि मञ्जमा खचाखच भएर अथिति बनेर बस्नुपर्ने । असाधै भद्धा संस्कृति अहिले पनि छदैछ । तर वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले त्यस्ता प्रचलनलाई हटाउने सुरुवात गरेको छ ।
कार्यक्रम सञ्चालकले मञ्चतिर बोल्नुपर्ने नेतालाई बोलाएपछि गएर आफ्नो विषय राख्ने व्यवस्था थियो । कसैले दोसल्ला लगाएका थिएनन् । कसैका लागि व्याज बनाइएको थिएन । कसैलाई अथिति बनाएर आशन ग्रहण पनि गराइएको थिएन । हामी सबै समान हौं भन्ने भाव त्यस भेलामा राम्रैसँग झक्न्थ्यिो ।
थाहायात्रा
फेसबुक प्रतिक्रियाहरु