होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, पुस ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पहिराले पुरिएकाको जीवितै उद्धार
समाचार

पहिराले पुरिएकाको जीवितै उद्धार

  • नागरिक रैबार
पहिराले पुरिएकाको जीवितै उद्धार

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट वर्षासँगै आएको पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ ।

वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ ।

चेतबहादुर भुजेलको घरमाथि पहिरो आई पुरिएको घरबाट ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई उद्धार गरिएको हो । दुवै घाइतेलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । पहिराले ९ बाख्रा र एउटा भैँसी पुरिएर मरेको छ ।

वडाध्यक्ष रेग्मीका अनुसार सोही वडाको डहरेवस्ती पूर्ण रुपमा जोखिममा परेको छ ।

“बाङ्गेखोलामा आएको बाढीले ४० घर जोखिममा छ, सुरक्षित रहन सबैलाई सूचित गरिसकिएको छ”, उनले भने, “उच्च जोखिममा रहेका घरहरुले सामान सारिसकेका छन् ।”

वर्षाका कारण बाङ्गे खोला बढ्दा करिब एक हजार दुई सय रोपनीमा लगाइएको धानखेत पूर्ण रुपमा क्षति भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार