होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओली–नेपाल पक्षबीच वार्ता, माधव पक्षको स्थायी कमिटी बस्दै
राजनीति

ओली–नेपाल पक्षबीच वार्ता, माधव पक्षको स्थायी कमिटी बस्दै

  • नागरिक रैबार
ओली–नेपाल पक्षबीच वार्ता, माधव पक्षको स्थायी कमिटी बस्दै

नेकपा एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु बिहीबार बेलुकासम्मै एकता जोगाउने प्रयासमा लाग्ने भएका छन् । बिहीबार बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए ।

‘आज बिहान एक चरणको वार्ता सकिएको छ । फेरि अपरान्ह बस्ने समझदारी भएको छ’, माधव नेपाल पक्षका एक नेताले भने, ‘एकताका लागि आज लगभग अन्तिम प्रयास हुनेछ ।’

एमाले विवाद समाधानका लागि अध्यक्ष केपी ओलीका तर्फबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका नेता र माधव समूहका भीम आचार्य, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरु सक्रिय छन् ।

तर, केपी शर्मा ओली पक्षले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक राखेर आयोजक कमिटी भंग गरेको घोषणा गर्दै जेठ २ मा फर्कने भनेपनि सहमतिबिनै केही नेताहरुलाई स्थायी समितिमा मनोनयन गरेपछि ओली फागुन २८ भन्दा अघि फर्कन नचाहेको माधव पक्षको बुझाइ छ ।

अध्यक्ष ओली फागुन २८ बाट पछि नहटेपछि जेठ २ को पार्टी संरचना अनुसार शुक्रबार बोलाएको भनिएको बैठकमा माधव समूह नजाने बताइसकेको छ । यद्यपी ओली पक्ष भने आउने जतिलाई समेटेर अघि बढ्ने रणनीतिमा छ ।

स्थायी समितिले निर्णय गर्ने

अध्यक्ष ओलीले जेठ २ भनेर फागुन २८ मा फर्केपछि सशंकित बनेको माधव पक्षले भावी रणनीति तय गर्न आफू पक्षीय स्थायी समिति बैठक बोलाएको छ । सो समूहले बिहीबार ११ बजेका लागि स्थायी समिति बैठक बसेर थप निर्णय गर्ने नेताहरुले जानकारी दिएका छन् ।

‘११ बजे भौतिक रुपमै बैठक बसेर के गर्ने भन्ने निर्णयमा पुग्छौ । अहिलेसम्मका ओलीका गतिविधि पार्टी एकताको पक्षमा नदेखिएकाले बैठक बोलाइएको हो’, नेतृ अष्टलक्ष्मी शाक्यको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २ दिन अगाडि