नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकामा मार्तडीस्थि क्रेटर जोन एकेडेमीले “जुम” मार्फत शिक्षक र अभिभावकसंग आफ्ना शिक्षक र विद्यार्थीहरुका अभिभावकसंग अन्तरक्र्रिया गर्ने भएको छ ।
कोभिड–१९ का कारण विद्यालय पूर्ण रुपमा बन्द भएको भएपनि शैक्षिक सत्र २०७७ को परिक्षाफल प्रकाशन र शैक्षिक सत्र २०७८ को भर्ना र कक्षा संचालनका विषयमा पहिलोपटक जुम मिटिङ्ग मार्फत शिक्षक र अभिभावकसंग अन्तरक्रिया गर्न लागेको हो ।
विद्यालयले जेठ १९ गते बुधबार दिउसो २ बजे जुम मिटिङ्ग मार्फत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको विद्यालयका व्यवस्थापक मानबहादुर कार्कीले बताएका छन् ।
जुम मार्फत गरिने अन्तरक्रिया कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका सवै अभिभावकहरुलाई अनिवार्य सहभागिताका लागि अनुरोध गरेको छ । विद्यालयमा ७ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयलाई बडीमालिका नगरपालिकाले यसै शैक्षिक सत्रबाट संचालन हुनेगरी कक्षा ११ सम्म अध्ययन÷ अध्यापन गराउन अनुमति दिएको छ ।
बाजुरा जिल्लामा निजि मध्येकै उत्कृष्ठ विद्यालय स्थापित गर्नका लागि विद्यालयले विभिन्न शैक्षिक सामाग्री व्यवस्थापन, पुस्तकालय व्यस्थापन, कम्प्युटर कक्षा सञ्चालन लगायतका त्रियाकलापहरुमा जोड दिएर अघि बडीरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु