होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालन
समाचार

धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालन

  • नागरिक रैबार
धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालन

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विधिवत् रुपमा उद्घाटन गरे ।

नेपाली सेनाको सुदूरपश्चिम पृतनाले व्यवस्थापन गर्ने गरी सैनिक कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा सञ्चालमा आएको अस्पतालले केही हप्ता पहिलेदेखि नै सेवा दिन थालेको थियो ।

‘फिल्ड हस्पिटल’ नाम दिइएको उक्त अस्पतालमा नेपाली सेना, सेवानिवृत्त सैनिक र उनीहरुका परिवारका सदस्यलाई उपचार दिइने सुदूरपश्चिम पृतनाले जनाएको छ । अस्पतालमा कोरोना संक्रमितको समेत उपचार भइरहेको छ ।

विज्ञापन

यस्तै प्रधान सेनापति थापाले सुदूरपश्चिम सैनिक शिविरको समेत उद्घाटन गरेका छन् । उक्त शिविरमा खेलकुद कम्प्लेक्स, क्लब, ठूलो दर्जाका सैनिक परिवारसहित बस्न मिल्ने अपार्टमेन्ट लगायतका संरचना निर्माण हुनेछन् । सुदूरपश्चिम पृतनाले केही संरचना निर्माण भइसकेको र केही निर्माणकै चरणमा रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै