होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भाइरल ज्वरोको प्रकोपपछि अछामको एक विद्यालय ५ दिनका लागि बन्द
समाचार

भाइरल ज्वरोको प्रकोपपछि अछामको एक विद्यालय ५ दिनका लागि बन्द

  • नागरिक रैबार
भाइरल ज्वरोको प्रकोपपछि अछामको एक विद्यालय ५ दिनका लागि बन्द

अछाम: भाइरल ज्वरोको प्रकोपपछि अछामको एक विद्यालयमा ५ दिनका लागि विदा दिइएको छ।

जिल्लाको मंगलसेन नगरपालिका–११ जुपु वलडाडामा रहेको कालीका माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा भाइरल ज्वरोको लक्षण देखिएपछि पठनपाठन फागुन २१ गतेसम्मका लागि बन्द गरिएको हो।
 

करिब १ हप्तादेखि शिक्षक र विद्यार्थीमा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने तथा टाउको दुख्न लक्षण देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक कर्णबहादुर शाहले बताए।

विज्ञापन

विभिन्न लक्षण देखिएपछि स्वास्थ्य टोली पठाएर ४८ जना शिक्षक र विद्यार्थीको आरडीटी जाँच, कोभिडका लागि एन्टीजेन परीक्षण तथा मलेरिया परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको मंगलसेन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मानबहादुर सोडारीले बताए।

उनले सबैमा भाइरल ज्वरोको लक्षण देखिएको पुष्टि समेत भएको बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार