होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कार्यपालिका सदस्यले नै लगाए राजपुर गाउँपालिकामा ताला
देश/प्रदेश

कार्यपालिका सदस्यले नै लगाए राजपुर गाउँपालिकामा ताला

  • नागरिक रैबार
कार्यपालिका सदस्यले नै लगाए राजपुर गाउँपालिकामा ताला

१९ माघ, बुटवल । नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नुपर्ने लगायतका माग राख्दै दाङको राजपुर गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ ।

राज्यको प्राकृतिक स्रोत र सार्वजनिक सम्पत्तिमाथि मनपरी दोहन र कब्जा हुन थालेको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले नै गाउँ कार्यपालिकामा ताला लगाएका हुन् ।

 

विज्ञापन

वडा नम्बर ३ को खरदरिया घाटबाट केसी निर्माण सेवालाई नदीजन्य पदार्थ उत्खननका लागि २० हजार सात सय घनमिटरको ठेक्का दिएकोमा सम्झौता विपरीत ५८ हजार घनमिटर उत्खनन् गरेको भेटिएपछि अवैध रूपमा संकलन गरिएको ३७ हजार ३०० घनमिटर नदीजन्य पदार्थ यथाशीघ्र जरिबानासहित फिर्ता गर्न माग गर्दै तालाबन्दी गरिएको गाउँपालिकाका प्रवक्ता श्याम रोकाले जानकारी दिए ।

यस्तै राजापुर-५ स्थित खेलमैदान र औद्योगिक क्षेत्रमा रहेको सार्वजनिक जग्गालाई वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले प्लटिङ्ग गरी घडेरी बनाएर बेच्न थालेको भन्दै उक्त कार्य तत्काल रोक्का समेत उनीहरुले माग गरेका छन् ।

‘यो त पछिल्लो उदाहरण मात्र हो, सबैतिर यसरी नै नदीजन्य पदार्थका ठेकदारले राज्यका प्राकृतिक स्रोतमाथि लुट मच्चाइएका छन्,’ प्रवक्ता रोकाले भने, ‘दुःख र बिडम्बना धेरै ठाउँमा जनप्रतिनिधि र ठेकदारको मिलेमतोमा राज्यलाई लुट्ने काम भएको छ ।’

गाउँपालिकामा बेथिति बढेपछि राजपुर गाउँपालिका प्रवक्ता एवं वडा नंं.६ का अध्यक्ष श्याम रोकाको नेतृत्वमा २१ जना कार्यपालिका सदस्यले माघ १४ गते पाँच दिने अल्टिमेटमसहित नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नुपर्ने लगायत माग राखेर ज्ञापनपत्र बुझाएका थिए । पाँच महिना बितिसक्दा समेत गाउँ कार्यपालिकाको बैठक बस्न नसकेकोले तत्काल बैठक राख्नुपर्ने पनि उनीहरुको माग छ ।

आर्थिक वर्ष ०७६/०७७ को योजनाहरुको उपभोक्ता समितिले काम गरिसकेको तर भुक्तानी रोकेकाले तत्काल भुक्तानी दिन पनि ज्ञापनपत्रमा माग गरिएको छ । साधारण नमुना माविको ०७७ कार्तिक ३ गते दुई तिहाइ भन्दा बढी अभिभावकहरुको भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेकोमा गाउँपालिकाले कार्यान्वय नगरेकाले तत्काल नयाँ समितिलाई कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

राजपुर गाउँपालिका स्थापना कालदेखि हालसम्म पनि सार्वजनिक सुनुवाई नगरेकोले पारदर्शी सार्वजनिक सुनुवाइ गर्न पनि माग गरिएको छ । आफ्ना माग पूरा गर्न बेवास्ता गरिएकाले सोमबार बिहान गाउँपालिकामा तीनवटा ताला लगाइएको गाउँपालिका प्रवक्ता श्याम रोकाले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार