होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • २६ औँ प्रकाश मानव अधिकार पुरस्कार डाक्टर विश्वकर्मालाई
Breaking News

२६ औँ प्रकाश मानव अधिकार पुरस्कार डाक्टर विश्वकर्मालाई

  • नागरिक रैबार
[sharethis-inline-buttons]
२६ औँ प्रकाश मानव अधिकार पुरस्कार डाक्टर विश्वकर्मालाई

बाजुरा १६ साउन। विगत तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा नागरिकको स्वास्थ्य सेवाका लागि महत्वपूर्ण पहलकदमी लिनु भएका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय इन्सेक कार्यसमितिको गत साउन ६ गते सम्पन्न भएको बैठकले गरेको इन्सेकले जनाएको छ ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा साउन १६ गते जारी विज्ञप्तिमा उक्त निर्णयबारे जानकारी दिइएको हो ।विज्ञप्तिमा भनिएको छ-‘इन्सेकका संस्थापक महासचिव श्री प्रकाश काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाइ एयर दुर्घटनामा निधन भएको थियो ।

नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा स्व. काफ्लेले पुर्‍याउनुभएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले प्रकाश मानव अधिकार पुरस्कारको स्थापना गरेको हो ।’

विज्ञापन

इन्सेकले २०५१ सालदेखि हरेक वर्ष प्रकाश मानव अधिकार पुरस्कारबाट नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका एक जनालाई पुरस्कृत गर्दै आएको छ । यो पुरस्कारबाट हालसम्म २५ जना पुरस्कृत भइसक्नु भएको छ ।

५० हजार रुपियाँ पुरस्कार राशीको पुरस्कारका साथमा सम्मान–पत्र तथा इन्सेकको प्रतीक चिन्ह सम्मानित व्यक्तित्वलाई प्रदान गरिने इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै