



काठमाडौँ– नेकपाको ओली समूहले आजदेखि कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरू गरेको छ । प्रचण्ड माधव समूहले देशभर शक्तिप्रदर्शन गरेको भोलिपल्टबाट ओली समूह आफ्ना नेता कार्यकर्ताको प्रशिक्षणमा जुटेको हो ।


आजको प्रशिक्षण नेकपाको सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ताका लागि हुने प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।प्रशिक्षण कार्यक्रम १२ बजेदेखि काठमाडौँको कार्की ब्यांक्वेटमा हुने उनले बताए ।
यसअघि प्रचण्ड– माधव नेपाल समूहको नेकपाले कार्यक्रम गर्दै आएको कार्की ब्यांक्वेटमै केपी शर्मा ओली नेतृत्वको नेकपाले कार्यकर्ता भेला तथा प्रशिक्षण गर्न थालेको हो ।
यसअघि प्रचण्ड–नेपाल समूहले पनि कार्की ब्यांक्वेटमा नै भेला तथा बैठक गर्दै आएका थिए। सो समूहको कार्की ब्यांक्वेटमा नै बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णइ गरेको थियो। ओली समूहले त्यही ठाउँमा कार्यकर्ता भेला तथा प्रशिक्षण राख्नुलाई रणनीतिक रुपमा हेरिएको छ।



फेसबुक प्रतिक्रियाहरु