होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै
समाचार

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

  • नागरिक रैबार
प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

१५ पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो । काठमाडौंको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अझै कडा खालको आन्दोलन गर्ने उदघोष गरेका थिए ।

प्रचण्ड–माधव समूहले हरेक दिन आन्दोलनका कुनै न कुनै कार्यक्रम जारी राख्ने निर्णय यसअघि नै गरेको थियो । आन्दोलनको क्रममा नेपाल बन्दसम्म गर्नसक्ने उसले यसअघि नै बताइसकेको छ ।

प्रचण्ड–माधव समूहले आन्दोलन परिचालन गर्न नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा समिति नै गठन गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै