



नागरिक रैबार/बाजुरा १५ मंसिर। ग्रामिण सुधार केन्द्र बाजुराले आफ्नो १२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । दिवसका अवसरमा केन्द्रले बाल मन्दिर आधारभुत विद्यालयका १२ जना अतिविपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।


बडीमालिका नगरपालिकाको सभा हलमा मनाईएको केन्द्रको १२ औं स्थापना दिवसका अवसरमा बाल मन्दिर आधारभुत विद्यालयका १२ जना अति विपन्न, जेहन्दारा विद्यार्थीलाई शैक्षिक सामाग्री अन्तरगत झोला वितरण गरेको केन्द्रका अध्यक्ष बीरबहादुर विष्टले बताएका छन् ।

स्थापना काल देखि नै सामाजिक सेवा गर्दै आएको सो संस्थाले १२ वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा १२ जना विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरेको हो ।
संस्थाका अध्यक्ष बीर बहादुर बिष्टको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा बडिमालिका नगरपालिकाका कार्यबाहक नगर प्रमुख राम बहादुर कार्की प्रमुख अतिथि रहेका थिए ।

त्यस्तै कार्यक्रममा बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, बाल मन्दिर आधारभुत विद्यालयका प्रधानाध्यापक शुसिला बुढ्थापा, पीसविन नेपाल बाजुराका धर्म बहादुर रोकाया लगायत सहभागि भएका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव विरेन्द्र रावलले गरेका थिए ।



फेसबुक प्रतिक्रियाहरु