नागरिक रैबार/बाजुरा १७ चैत्र। बडीमालिका नगरपालिका वडा नं. ९ का प्रेम नेपालीले जन्मदिनको अवसरमा दलित बस्तीमा पुगेर सहयोग गरेका छन् ।
सोमबार परेको २४ औं जन्म दिनको अवसर पारेर नेपालीले बडीमालिका नगरपालिका ९ मा रहेको उखाडीका १० दलित विपन्न परिवारका ५५ जनालाई माक्स र सावुन सहयोग गरेका हुन् ।
जन्मदिनलाई तामझामका साथ मनाउनु भन्दा मानवताको सेवा जीवनको सर्वतम् कार्य हो भन्ने उद्देश्यले दलित हलिया परिवारका लागि उक्त सामाग्रीहरु सहयोग गरेको उनले बताएका छन् ।
कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि सो बस्तीमै पुगेर १० परिवारका ५५ जनालाई माक्स र दैनिक सरसफाईका लागि आवश्यक सावुन सहयोग गरेका हुन् ।
जन्मदिनको अवसर पारेर हामी जस्ता दीन दुखीका लागि नेपालीले गरेको सहयोगले हामीलाई धेरै ठुलो राहत पुगेको सो वस्तीका दलित अगुवा सौरे लवारले बताएका थिए ।
माक्सले मात्रै कोरोनाको रोकथाम नहुने हुँदा उनीहरुलाई दैनिक सरसफाई लागि नुहाउने र लुगा धुने साबुन सहयोग गरेका हुन् । जन्मदिनमा सो वस्तीमै पुगेका नेपालीले कोरोना भाइरसबाट बच्नका लागि नियमित सरसफाईमा ध्यान दिन समेत आग्रह गरेका थिए ।
फार्मेशी अध्ययन गरिसकेका नेपाली सानैदेखि वाक क्षमतामा अव्वल छन् । उनले यस अघि सडक नाटक, थ्रियटर नाटक जस्ता विधामा धेरै प्रस्तुति दिइसकेका छन् । नेपालीले २४ औं वसन्त सम्म आईपुग्दा सानैदेखि सामाजिक सेवामा समेत रुची राख्दै आएका छन् ।
फेसबुक प्रतिक्रियाहरु